Sunday, September 22, 2019

टान निर्वाचनले बजार तात्यो : नेपाल, सुबेदी र लामिछानेको नाम चर्चामा

प्रकाशित मिति: 2019/06/30

असार १५, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को निर्वाचन आगामी भदौ २० गते तदनुसार सेप्टेम्बर ६ तारिकका दिन तय भएसँगै नेतृत्वको दौडधुप सुरु भएको छ ।

२ बर्षे कार्यकाल सकिनै लाग्दा समयसिमाभित्रै निर्वाचन गर्न तयारीमा टान नेतृत्व लागिरहँदा आगामी नेतृत्वको लागि एकपक्षिय बहुपक्षिय छलफल सुरु भएको हो ।
महासचिवका रुपमा इनकाउन्टर्स नेपाल डट कमका ऋषिप्रसाद नेपाल, अपि हिमाल ट्रेकिङका राजेन्द्र प्रसाद सुबेदी र ओशो भिजनका सञ्चालक तारानाथ लामिछानेको नाम चर्चामा छ । तिनै जना पर्यटन क्षेत्रमा पदयात्रा व्यावसायमा दख्खल राख्ने व्यक्ति हुन ।


 

तपाईंको बिचार