Thursday, July 18, 2019

परोपकार युवा क्लब तारकेस्वरद्धारा ५४४ अशोकाको बिरुवा बृक्षारोपण

प्रकाशित मिति: 2019/06/30

असार १५, काठमाण्डौ । राष्ट्रिय बृक्षारोपण दिवस २०७६ को अवसरमा  तारकेस्वर सिमानामा बृक्षारोपण कार्य सम्पन्न भएको छ ।

श्री परोपकार युवा क्लब तारकेस्वर भमरा नुवाकोटको आयोजनामा अशोकाको बिरुवा रोपिएको छ । उक्त कार्यक्रममा तारकेस्वर गाउँपालिकाका प्रमुख श्री रमेस वस्ती ज्युको प्रमुख आतिथ्यता ,वडा न ०६ का अध्यक्ष श्री ज्ञानेन्द्र तामाङ ज्युको विशेष आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ । बृक्षारोपण कार्यक्रममा स्थानिय युवा,समाजसेवी,विभिन्न वडाका अध्यक्ष ,जनप्रतिनिधि, विभिन्न क्लबका अध्यक्ष ,प्रतिनिधिको उल्लेख उपस्थिति थियो । श्री परोपकार युवा क्लबका अध्यक्ष श्री राम कुमार रिमालले तारकेस्वर ०५ को मानेडाडा बजारसम्म अशोकाको बिरुवा रोप्ने रहेको जानकारी दिए । साथै यस्ता कार्यक्रमले स्थानीय जनताहरुलाई सामाजिक कामप्रति थप उत्तरदायी बनाउने बताए । बृक्षारोपण अन्र्तगत ५४४ वटा अशोकाको बिरुवा बृक्षारोपण गरिएको थियो । क्लबका सचीव मोदनाथ रिमालका अनुसार आगामी दिनमा क्लबले सामाजिक कामलाई थप युद्धस्तरमा अगाडि लाने बताएका छन ।  

तपाईंको बिचार