Thursday, July 18, 2019

अहिलेकै अवस्थामा नेपाल वायुसेवा निगमलाई पैसा दिन सकिन्न् ःप्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/07/01
काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ  पनि दिन नसकिने बताएका छन्। नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहमा उनले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ  पनि नदिने प्रष्ट पारे।
 
पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ। जहाज छन् तर उडाउने पाइलट छैनन्। गन्तव्य छैन। कहाँ उडाउने टुंगो छैन। भद्रगोल व्यवस्थापन छ। यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्‍यो। आफैं सक्ने भए छिटो गर्न पर्‍र्यो उनले भने । 
 
राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराएका छन्। नेपाल एयरलाइन्सको सफल सञ्चालनका लागि  सरकारले जुनसुकै हस्तक्षेप गर्ने उनको भनाइ छ।
 
पर्यटन  मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ओलीले संस्थाले सधैं सरकारको मुख ताकेर नहुने बताए। नाम वायुसेवा भए पनि दान पून्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको उनले सम्झाए।

तपाईंको बिचार