Friday, October 18, 2019

टानको आगामी अध्यक्षका लागि तेज गुरुङको दाबेदारी

प्रकाशित मिति: 2019/07/02
काठमाडौं, १७ असार । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को निर्वाचन आगामी भदौ २० गते हुदैछ । साधारण सभासँगै निर्वाचन मिति सार्वजनिक गरेपछि आगामी नेतृत्वका लागि आकांक्षीहरु बढ्न थालेका छन् ।
सोही क्रममा गणेश हिमालय पर्यटन विकास समितिका अध्यक्ष एवं नेपाल अल्टरनेटिभ ट्रेक्सका प्रबन्ध निर्देशक तेजबहादुर गुरुङले आगामी टानको नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका छन् । टानलाई थप सशक्त बनाउन र व्यवसायीक समस्या हल गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । 
 
उनी विगत दुई दशक देखि पदयात्रा पर्यटनमा आवद्ध छन् । भरिया देखि मालिकसम्मको अनुभव बटुलेका उनले यसअघि सन् १०१५ देखि १७ सम्म टानको  प्रथम उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।
 
टान अहिले आर्थिक तथा अन्य सबै किसिमबाट जर्जर अवस्थामा रहेको भन्दै उनले त्यसबाट मुक्तिका लागि पनि नेतृत्वका लागि व्यवसायीक दबबा आएको उनले बताए । पदयात्रा व्यवसायीबीच कुडिएको मनलाई लिएर व्यवसायीक हितमा लगाउन पनि आफु नेतृत्वका लागि दाबेदार हुने उनको भनाई छ । 
 
ठमेल स्थित काठमाडौं गार्डेन होमका निर्देशक समेत रहेको गुरुङ अहिले पर्यटनमै विद्यावारिधी गर्दै छन् । यसबाहेक सामाजिक क्षेत्रमा पनि उनी निकै सक्रिय छन् ।     
 
 

तपाईंको बिचार