Friday, October 18, 2019

पदयात्रा व्यावसायमा जगटिएको समस्या समाधान बाहेक मेरो अर्को स्वार्थ छैन :मोहन लम्साल

प्रकाशित मिति: 2019/07/02

असार १७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को निर्वाचन यही भदौ २०, सेप्टेम्बर ६ तारिकका दिन हुने निर्णयसँगै नेतृत्वमा आधा दर्जन आकांक्षी देखिएका छन । २ बर्षे कार्यकाल सकिनै लाग्दा निर्धारित मिति भित्रै साधारण सभासहित निर्वाचन हुन लागेको हो । 

बजारमा टान निर्वाचन सरगर्मी बढीरहँदा नेतृत्वमा मकालु एड्भेन्चर ट्रेक्सका सञ्चालक मोहन लम्सालको नाम चर्चामा छ । टानमा बिगतमा पनि कार्यसमिती सदस्य, कोषाध्यक्ष हुँदै महासचिबको जिम्मेवारी निर्वाह गरिसकेका लम्साल पदयात्रा व्यावसायभित्रका अवशर र चुनौतिलाई नजिकबाट नियालेका व्यक्ति हुन । गन्तव्य नेपालसँग कुराकानीका क्रममा लम्सालले आफु टानमा रहँदा र नरहँदा टान नेतृत्वबारे सहकार्य गरिरहेको बताए । भ्याट, कर लगायत पदयात्रा व्यावसायमा जगटिएर रहेका समस्या सहजीकरण गर्नमा आफु लागिरहेको बताउने लम्साल पदयात्रा व्यावसायीको हितका मुद्धालाई संगठित गरेर नेतृत्वलाई सुझाएको बताउँछन । पछिल्लो समय पदयात्रा व्यावसायीहरु आन्तरीक रुपमा बिभिन्न झमेलामा फस्दै गएको भन्दै लम्सालले आफ्नो बिगतको अनुभवलाई प्रयोग गर्दै समस्या समाधान गर्न अबको नेतृत्वमा आफ्नो दाबी रहेको बताउँदै पर्यटन सम्बद्ध सम्पूर्ण पदयात्रा व्यावसायी, टान सदस्य तथा शुभेच्छुकहरुमा आफुलाई सर्बसहमतिय नेतृत्वको लागि सहयोग गर्न आग्रह गरे ।
चरम गुटबन्दीका बिच टान नेतृत्व स्थापित हुने पछिल्लो समयको पारीपाटीले नेतृत्वले काम गर्न नसकिरहेको सन्दर्भमा पदयात्रा व्यावसायीको उथ्थान बाहेक आफ्नो अर्को स्वार्थ नभएको भन्दै उनले अघिल्लो निर्वाचनमा प्राबिधिक रुपमा पराजित भएपनि आफुले त्यसलाई सहज रुपमा लिदै त्यतिबेला भएका छिटपुट कमीकमजोरी हटाउँदै बिश्वासको बातावरण तयार पार्नमा आफु तल्लीन रहेको बताए । उनले भने– ‘हामी सम्पूर्ण पदयात्रा व्यावसायीहरु कुल भएर सोचौं, अब ढिला नगरौ, एकपछि अर्कोले दुःख पाउने क्रम बढ्दा आज इन्डस्ट्री नै धरासायी हुने खतरा बढेको छ, अब यो वा त्यो होइन, हामी र हाम्रो व्यावसाय सोचेर अगाडि बढौं, यसैमा हामी सबैको कल्याण हुनेमा दुईमत छैन ।’

तपाईंको बिचार