Thursday, July 18, 2019

पर्यटन बजारलाई नियमबद्ध र कर छुटका लागि अध्यक्षमा मेरो उमेद्धवारी : लिलाबल्दभ दाहाल

प्रकाशित मिति: 2019/07/02

असार १७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल(टान) नेतृत्वमा लिलाबल्दभ दाहाल ‘काका’ले उमेद्धवारी दिने भएका छन ।

पूर्व टान कोषाध्यक्ष समेत रहेका दाहालले पर्यटन बजारमा अनाधिकृत रुपमा दर्ता नगरी सञ्चालन भएका व्यावसायहरुलाई दर्ता गराउने प्रक्रिया अगाडि बढाउने र कानुन सम्मत सञ्चालनमा आएका पर्यटन व्यावसायलाई बिश्वका अन्य पर्यटकीय क्षेत्रमा जस्तै कर छुटको व्यावस्थालाई कार्यन्वयन गर्न नेतृत्वमा उमेद्धवारी दिने बताएका छन । उनले पदयात्रा व्यावसायलाई सम्मानित पेशाको रुपमा रुपान्तरण गर्दैै व्यापार व्यावसायको थप उचाई कायम गर्नको लागि आफुले काम गर्ने बताए । दाहाल कैलास टुर अपरेर्टस एसोसिएसनका प्रथम उपाध्यक्ष हुन भने भुटान इन्टरनेशनल ट्रेक्सका सञ्चालक हुन । 

तपाईंको बिचार