Thursday, July 18, 2019

सन्दर्भ भ्रमण बर्ष :यस्तो हिसाबले कसरी पर्यटक आउँछन हो ? :बलराम न्यौपाने

प्रकाशित मिति: 2019/07/03

असार १८, काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन ५ महिना बाँकी छ, तर यसबिचमा पर्यटन प्रर्वद्धन गर्न हिसाबले राज्यबाट कुनै पनि औपचारिक कार्यक्रम भएका छैनन । व्यावसायीहरु एकपछि अर्को गर्दै असरल्ल खोलिएका पर्यटकीय संघसंस्थामा नेतृत्व भिडन्त मै रमाईरहेका छन । नेपाल भ्रमण बर्ष कस्तो भन्ने सन्दर्भमा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको आफ्नै बुझाई छ ।

गन्तव्य नेपालसँग कुराकानीका क्रममा भिजिट नेपालको तयारीलाई लिएर न्यौपानेले सरकारको कामकारबाही प्रति आगो ओकले । ‘ देशभित्रै तपाई हामी घुम्न जानुपर्यो भने पनि दुईचार महिना अगाडि तयारी नगरी हप्तादिनको समय निकाल्न पनि धेरैलाई गाह्रो पर्न सक्छ । यहाँ त बिदेशबाट पर्यटकहरु नेपाल घुम्न आउँछन, त्यो पनि २० लाख भनिएको छ । अहिलेसम्म आन्तरीक तयारी शुन्य छ, भने बेलाबखत मन्त्रीका भाषणमा जोशिएर थोरबहुत रकम कहीँ कतैको उक्साहटमा खर्च गरे भने उनीहरु नै जानुन । यद्यपी हामी व्यावसायीले देख्ने गरी प्रवद्र्धनात्मक कार्यक्रम अहिलेसम्म .पनि सुरु नै भएको छैन, यसरी कसरी पर्यटक आउँछन, हो ? हँ । २०२० लाग्यो, लौ हाम्रो भ्रमण बर्ष हो, पर्यटकहरु आईदेउ भनेर देशभित्र चिच्याउने हो, होइन भने तयारी खै, प्रश्न यही छ ।

तयारी कस्तो भनेर प्रश्न पनि उठ्ला, ठुला कुरा होइन सामान्य गर्न सकिने तर नगरिएका कुरालाई समाधान गरिदिएपनि धेरैहदसम्म पर्यटक भित्रन्छन ।
आन्तरीक रुपमा सुधार गर्नुपर्ने पहिलो कुरा अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाल बायु सेवाको उडान प्रणालीलाई समायनुकुल हुन जरुरी छ, गोरा छाला भएका हरु पैसाका पोका हुन भनेजस्तो गरी एयरपोर्टबाट निस्कीएदेखी निरुत्साहित गर्ने काम बन्द गर्न राज्य लाग्नुपर्यो । आन्तरीक फ्लाईटमा हिमाल हेर्न जाने लुक्ला बिमानस्थलको स्तरोन्नती, देशभित्रका बाटोघाटो तथा पदमार्ग, होमस्टे तथा होटलको उचित प्रवन्ध नगरी अगाडि बढ्नु भनेको एकैछिनको खुसी मात्रै हो, जुन तुरुन्तै हराएर जान्छ ।
मुलक पर्यटन र कृषिमा निर्भर छ भनेर सरकारले गफ दिने, पर्यटन क्षेत्रकै मन्त्री अहिलेसम्म पनि रिक्त रहिरहनु, भ्रमण बर्षप्रतिको बेवास्ता, अझ अहिले त नेपालमा आईफा अवार्डको महत्व बुझ्ने सरकार नेपाल भित्रकै पर्यटनलाई प्रवद्र्धन गर्ने भ्रमण बर्षको उच्च अवशरलाई किन वेवास्ता गर्दैछ, उदेक लाग्दो छ ।
व्यावसायीहरुमाझ पनि राष्ट्रिय मुद्धामा एकढिक्का हुन नसक्नुले पर्यटनले सोचेजति प्रगति गर्न नसकेको हो । पदयात्रा तथा व्यावसायीको संगठनका रुपमा बिभिन्न संघसंगठनहरु रहेका छन । टानको निर्वाचन नजिकिदै गर्दा व्यक्तिगत रुपमा कसैप्रति अनुग्रह छैन । आउने नेतृत्वले अझ राम्रो गर्नुपर्दछ, सबैले सबैको अस्तीत्व स्वीकार गरी मिलेर अगाडी बढ्नुको बिकल्प छैन ।’

तपाईंको बिचार