Friday, November 15, 2019

नाट्टाको एकदिने डिजिटल मार्केटिङ ट्रेनिङः पर्यटन क्षेत्रको विकासमा डिजिटल मार्केटिङमा जोड

प्रकाशित मिति: 2019/07/05
असार २०, काठमाडौं । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टाका सदस्य पर्यटन व्यवसायी एंव कार्यरत कर्मचारीहरुलाई आधुनिक प्रविधि तथा डिजिटल मार्केटिङ र यसको पछिल्लो ट्रेण्ड सम्बन्धि जानकारी दिने उद्देश्यले काठमाडौंमा एकदने डिजिटल मार्केटिङ ट्रेनिङ आयोजना गरेको छ । 
 
शुक्रवार आयोजित तालिमको उद्घाटन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले विश्ववजारको टुर र ट्राभल क्षेत्रमा नेपालको पहुँच वढाउन डिजिटल मार्केटिङ तालिमले सहयोग पु¥याउने वताए ।
 
सहसचिव आचार्यले सरकारले डिजिटल मार्केटिङलाई एउटा ठूलो संयन्त्र नै बनाएर अगाडी वढाउने तयारी गरिरहेको वताए ।“सन् २०२० मा नेपालले २० लाख पर्यटकलाई नेपाल भित्र्याउने तयारी गरिरहेको सन्दर्भमा उनीहरुको व्यवस्थापनका लागी डिजिटल मार्केटिङमा जोड दिनुपर्छ”–आचार्यले भने । 
 
तलिमको उद्घाटन कार्यक्रममा बोल्दै नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले नाट्टाले यसका सदस्य व्यवसायी र कर्मचारीहरुलाई प्रविधिमा आएको पछल्लो परिवर्तनलाई जानकारी गराउन पनि तालिम आयोजना गरिएको वताए ।“अव परम्परागत मार्केटिङले पर्यटन व्यवसायच चल्न सम्भव छैन, हाम्रा विभिन्न टुर प्याकेजहरुलाई पनि डिजिटलाईज्ड गर्नु आवश्यक छ”–पाण्डेले भने । नाट्टाले प्रदेश १,२ र ५ मा पनि यो तालिम आयोजना गरिसकेको वताउँदै अध्यक्ष पाण्डेले आगामी दिनमा पनि यस्ता तालिमहरु आयोजना गरिने वताए ।
 
नाट्टाका महासचिव एंव तालिम कार्यक्रमका संयोजक रमेश थापाले निकट भविष्यमा समेत यस किसिमका तालिम तथा वर्कसप कार्यक्रमहरुलाई निरन्तरता दिई पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई आधुनिक प्रविधि, डिजिटल मार्केटिङ तथा प्रविधि क्षेत्रका पछिल्ला  परिवर्तनहरुबारे जानकारी गराइने वताए ।
 
तलिममा नाट्टाका सदस्य ट्राभल एजेन्सीका सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको छ । यसअघि नाट्टा केन्द्र तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नाट्टाका सबै प्रदेशहरुमा १ दिने डिजिटल मार्केटिङ सम्बन्धी तालिमको आयोजना गरिसकेको छ ।  गरिने भएको छ । धनगढी, डडेलधुरा, कंचनपुरलाई समावेश गरि प्रदेश नं ७ मा असार १४, काकडभिट्टा, धरान तथा इलामलाई समावेश गरि प्रदेश १ मा असार १६ र नाट्टा पाल्पा च्याप्टर, बुटवल, लुम्बिनी, भैरहवा र रुपन्देहीलाई समेटने गरि प्रदेश ५ मा असार १८ मा तालिम सम्पन्न भईसकेको छ । 

तपाईंको बिचार