Thursday, July 18, 2019

संयोजक सुरज वैद्यको प्रस्तावः सगरमाथा आरोहण रोक्ने हो कि ?

प्रकाशित मिति: 2019/07/05

असार २०, काठमाडौं । सगरमाथा आरोहणमा भएको ट्राफिक जामलाई मध्यनजर गरी नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले एक सिजन विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण रोक्ने प्रस्ताव गरेका छन् ।

केही दिन अगाडि सो प्रस्ताव लिएर वैद्य प्रधानमन्त्री समक्ष पुगेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ । वसन्तकालिन सिजनमा सगरमाथामा आरोहीको उच्च चाप भएको विषयमा प्रधानमन्त्रीले बीबीसीसँग अन्तरर्वार्ता समेत दिएका थिए ।

केही दिन अघि नेपाल पर्बतारोहण संघ (एनएमए) ले पर्बतारोही, पर्यटन ब्यबसायी र सरोकारवाला निकायहरुलाई एकै ठाउँमा बोलाएर सगरमाथासम्बन्धी नै अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा सबैले सगरमाथामा हुने गरेका सानातिना घटनालाई नकारात्मक रुपमा प्रचार गर्नुभन्दा दिर्घकालिन समाधान खोजिनुपर्ने र त्यसनिम्ति स्पष्ट हिमाल नीति ल्याउनुपर्ने माग गरेका थिए ।

तपाईंको बिचार