Friday, October 18, 2019

टान निर्वाचन :ठाकुर प्रसाद सापकोटाद्धारा सचिबमा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2019/07/05

असार २०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन नजिकिदै गर्दा बजारमा चुनाबी चहलपहल सुरु भएको छ । दुई बर्षे कार्यकाल सकिनै लाग्दा यही भदौ २० गते सेप्टेम्बर ६ तारिकका दिन निर्वाचन तय भएको हो । टानको नेतृत्वमा बिभिन्न व्यक्तिहरुले उमेद्धवारी घोषणा गरिरहँदा एसियाना ट्रेक एण्ड टुर्सका सञ्चालक ठाकुर प्रसाद सापकोटाले सचिब पदमा उमेद्धवारीको घोषणा गरेका छन ।

ट्रेकिङ र टुर्स क्षेत्रमा २७ बर्षदेखी क्रियाशिल सापकोटा नेपाली पर्यटन बजारमा पुराना व्यावसायीका रुपमा स्थापित छन । पर्वतिय पर्यटनमा दर्जनौ मुलुकका बिदेशी पर्यटकहरुलाई लिएर पदयात्रामा निस्कदै गर्दा बिगतदेखी अहिलेसम्मको स्थीतिमा उनले संभावनाहरुको सही ढंगले आँकलन गरेका छन । गन्तव्य नेपालसँगको कुराकानीमा सापकोटाले भने,–‘ पर्वतिय पदयात्रा र नयाँ रुटको यात्रा अनुभबले ३ दशक पार गर्ने क्रममा छु, हिजोदेखी आजसम्म उस्तै खाले समस्याहरु पर्वतिय पर्यटनमा रहेको छ । ट्रेकिङ, ट्रायललाई जिबन्त राख्नुपर्नेमा उनको जोड छ । धेरैजसो पर्वतिय रुटमा गाडिको यात्रा सकिएर जब ट्रेकिङ रुट सुरु हुन्छ, धेरैजसो. ठाँउमा टेन्ट टाँगेर सुत्ने ठाँउको अभाव, चिया खाने प्रवन्धका लागि समेत ठाँउ छैन । यस्तोमा स्थानियलाई जागरुक बनाउन सके आर्थिक स्रोत र पर्वतिय पर्यटन दुबैको भबिश्य उज्वल हुन्छ । 
सुरुमा टानमा नेतृत्वमा जान तछाडमछाड गर्ने तर गईसकेपछि काम नगर्ने यसअघिको प्रबृत्ति देखिएको भन्दै सापकोटाले बिगतमा आफुले पदयात्राका क्रममा भोगेका कठिनाईलाई समाधान गर्न सक्छु की भनेर सचिबमा दाबेदारी रहेको बताए ।  सम्पूर्ण पर्यटन व्यावसायी, टान सम्बद्ध सदस्य र शुभेच्छुकहरुले साथ दिने उनको बिश्वास छ ।

तपाईंको बिचार