Friday, October 18, 2019

नेपालमै पहिलो पटक नेप्लिजइथ्निक्स फुड फेस्ट हुने

प्रकाशित मिति: 2019/07/08

असार २३, काठमाडौं । ग्लोवल नेपलिज सेफ फेडेरेशनको आयोजनामा नेपालमै पहिलो पटक नेप्लिजइथ्निक्स फुड फेस्ट हुने भएको छ । असार २५ देखि २८ गतेसम्म हुने उक्त फेस्टमा नेपालको हिमालीखानाको बारेमा छफलसमेत हुने छ । त्यसको लागि आयोजकले इन्डिया सिकिमको हिमालयनखाना विशेषज्ञ डा. ज्योतिप्रकाश तामाङ आउने कार्यक्रम रहेको छ ।

कार्यक्रमको पहिलो चरण अर्थात २५ र २६ गते सेफहरुलाई विभिन्न होमस्टेहरु भ्रमण गरी त्यसको विषयमा अध्यनअध्यापन गराइनेछ । त्यसै २७ गते होटल तथा रेष्टुराँमा भ्रमण र अध्ययन गरिनेछ । कार्यक्रमको अन्तिम दिन २८ गते भने बतीसपुतलीमा रहेको अनुपम पार्टी प्यालेस बढीमा २३ वटा भन्दा बढी नेपाली खानाका प्ररिकारहरुमा बारेमा जानकारी दिई प्रदर्शन गरिनेछ । 

त्यसै विभिन्न विधा अन्तरगतका अवार्डहरु पनि प्रदान गरिनेछ । लिभिङ लेजेन सेफको रुपमा सेफ गोविन्ड नरसिहं केसी, लाइभटाइम एचिभमेन्ट अवार्ड सेफ नरहरी अधिकारी, सिमाकृन्त सेफको अवार्ड सेफ युवराज प्रजा, अटिटिस्टक सेफको अवार्ड सेफ खिम बराल, बेस्ट लिडर सेफ अवार्ड सेफ श्याम, योङएक्जुकेटिभ सेफ भबि खनाल, लेखक सेफ अवार्ड सेफ सर्यकिरण र सेफ अर्जुनबहादुर थापा र नेपाली मौलिक रेष्टुराँको रुपमा लहानालाई प्रदान गरिने जानकारी गराइएको छ ।

ग्लोवल नेपलिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले नेपाल आएका विदेशी पाहुनालाई नेपाली, नेवारी तथा परम्परागत खाना खुवाउने यसलाई प्रचारप्रसार गर्दै लैजानुपर्ने बताउनुभयो ।

ग्लोवल नेपलिज सेफ फेडेरेशनका महासचिव मोहल गजुरेलका अनुसार नेपाली खाना लोप हुँदै गएको अवस्थामा यो कार्यक्रमले सहयोग गर्ने जानकारी दिनुभयो ।

तपाईंको बिचार