Thursday, July 18, 2019

स्वीट्जरल्याण्डमा भिजिट नेपाल २०२० लाई सफल पार्न पर्यटन प्रवद्र्धन कार्यक्रम

प्रकाशित मिति: 2019/07/08

असार २३, काठमाडौ । स्वीट्जरल्याण्डस्थित नेपाली दूतावासको आयोजना तथा एनआरएनएन र स्विस–नेपाली समाजको सहकार्यमा पर्यटन प्रवर्द्वन कार्यक्रम सम्पन्न भएको छ । सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेसँगै स्वीट्जरल्याण्डमा पनि यस्तो अभियान सुरु गरेको हो ।

राजधानी वर्नमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्राकृतिक , साँस्कृतिक, मनोरन्जन तथा  साहसिक पर्यटनका लागि नेपाल उचित गन्तव्य रहेको बताउँदै उनले नेपाल पुग्न अनुरोध गरेका छन् । राजदूत भट्टराईले भने, ‘भगवान गौतम बुद्वको जन्मस्थल, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश तपाईं एकपटक मात्र पुग्नु भयो भने त्यो क्षण जीवनभरका लागि अविष्मरणीय रहनेछ। त्यही सम्झनाले पनि तपाईंलाई पटकपटक नेपाल पुग्न प्रेरित गर्नेछ ।”

स्विस–नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलले नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन पूर्वाधार विकासमा सहज बनाउन सरकारलाई अनुरोध गर ।

एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङले पर्यटन वर्ष सफल पार्न गैरआवासीय नेपाली संघले भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे। नेपालीप्रेमी स्विस नागरिकहरुको उपस्थिति रहेको उक्त कायर्क्रममा नेपाली कला,संस्कृति झल्कने संगीत तथा नृत्यहरु समेत प्रस्तुत भए । 

स्वीट्जरल्याण्डका विभिन्न शहरहरुमा पर्यटन प्रवर्द्वनका यस्तै गतिबिधिहरुलाई सक्रिय पार्ने दूतावासले जनाएको छ ।

तपाईंको बिचार