Thursday, July 18, 2019

ठमेलमा इलेक्ट्रिसिटी आतङ्क

प्रकाशित मिति: 2019/07/08

असार २३, काठमाडौं । पर्यटकीय मुख्य क्षेत्र ठमेलका अधिकाशं क्षेत्रमा छिनछिनको लोडसेडिङले व्यवसायीहरु आजित भएका छन् । छिनछिनमा बत्ती आउने जाने क्रमले गर्दा ठमेल क्षेत्रभित्र रहेका होटल, रेष्टुराँहरुमा भोल्टेजको समस्याले होटल तथा रेष्टुराँमा प्रयोग हुने साम्रगीहरुमा दिन प्रति दिन क्षति हुने क्रम बढ्दो छ ।

ठमेलमै होटल व्यवसायी गरेका व्यवसायीहरुले बिजुलीको समस्याले आफूहरुलाई व्यापार व्यवसाय गर्न धेरै गाह्रो भइरहेको बताए । उनीहरुले विद्युत प्राधिकरणको लापरवाही तन्त्र बन्द हुनुपर्ने बताएका छन् । पर्यटकीय हिसाबमा मुख्य केन्द्र ठमेल भएकोले यस्तो किसिमको समस्याहरुको लागि सरोकारवाला निकायहरुको ध्यान केन्द्रित हुन नसकेको प्रति उनीहरुले आपत्ति जनाएका छन् ।
 
ठमेलमा एक हप्तादेखि बिजुली आउनेजाने क्रम रहेको छ ।

तपाईंको बिचार