Thursday, July 18, 2019

पाटा नेपालको एक हप्ते ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङग होटल’ तालिम सम्पन्न

प्रकाशित मिति: 2019/07/09

असार २४, काठमाडौं । नेपाल पर्यटन बोर्ड, रेसिडेन्सी होटल एकेडेमी र बुद्धमाया गार्डेनको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरलेले आयोजना गरेको एक हप्ते ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ्ग होटल’ तालिम सम्पन्न भएको छ ।

लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटलमा सञ्चालित तालिममा पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य एवम ‘पाटा स्कुल अफ हस्पिटालिटी’ का संयोजक खेम लकाईले होटलहरुमा आवद्ध जनशक्तिको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने तथा सेवामा स्तरोन्नति एवम् सदुढीकरण गर्दै दिगो तथा जिम्मेवार पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा लुम्बिनी क्षेत्रमा रहेका १७ वटा विभिन्न होटल तथा रेस्टुरेन्टहरुबाट ३४ जना होटल व्यवसायी तथा कर्मचारीहरुले उत्साहजनक सहभागिता रहेको थियो । जुलाई १ देखि ६ सम्म लुम्बिनीमा सम्पन्न उक्त कार्यक्रममा आधारभूत, नवीनतम तथा सफल अभ्यासहरु अन्तर्गत फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड प्रोडक्सन तथा सर्भिस (सेवा) ब्यवस्थापन का पक्षहरु, सीप र व्यक्तित्व विकास लगायत प्रभावकारी मेनु इन्जिनियरिङ्ग , स्रोतहरुको अधिकतम उपयोग, फोहर ब्यवस्थापन इत्यादि विषयमा प्रशिक्षण गराइएको थियो ।

तपाईंको बिचार