Thursday, July 18, 2019

हिमाल आरोहणमा प्रतिबन्ध लगाउने तयारी हल्ला मात्रै

प्रकाशित मिति: 2019/07/09

असार २४, काठमाडौं । हिमाल आरोहणमा प्रतिबन्ध लगाउने तथा केही समयमा लागि रोक्ने भन्ने विषय हल्ला मात्रै रहेको पर्यटन विभागले जनाएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायतका ४ सय १४ हिमालहरु मध्ये कुनै पनि हिमालमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको स्पष्ट पारेको छ । केही सयम आरोहण कार्य रोक्ने सम्बन्धमा कुनै छलफल नभएको विभागले जनाएको छ ।

विभागले सन् २०१८ को वसन्तकालिन मौसम सम्पन्न भइसकेको र यस वर्षको अन्य मौसममा हुने पर्वतारोहणसम्बन्धी कार्यहरु के कसरी व्यवस्थित गर्न सकिन्छ भनेर अध्ययन अघि बढाएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाईंको बिचार