Wednesday, September 18, 2019

दामोदर ढकालद्धारा आगामी टान निर्वाचनमा महासचिबको रुपमा प्रश्तुत हुने घोषणा

प्रकाशित मिति: 2019/07/11

असार २६, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन नजिकिदै गर्दा टानको नेतृत्व लिन व्यावसायीहरुबिच उमेद्धवारी घोषणाको प्रतिप्रर्धा सुरु भईसकेको छ । यही भदौ २० गते हुने निर्वाचनमा महासचिबको दाबेदारका रुपमा मिसन नेपाल होलिडेजका प्रबन्ध निर्देशक दामोदर ढकालले उमेद्धवारी दिने घोषणा गरेका छन । 

सिन्धुपाल्चोक बाह्बिसे वडा नम्बर  ९ मा जन्मिएका ढकाल सन १९९७ मा राफ्टिङ कम्पनी खोलेर पहिलोपटक पर्यटनमा पाईला राखेका व्यक्ति हुन । तर राफ्टिङमा उनी लामो समयसम्म रमाउन सकेनन । उनको घर माथिको बाटो हुँदै हिमाली ट्रेकिङको लागि दैनिकजसो स्वदेशी तथा बिदेशी पर्यटकहरु झोला बोकेर पदयात्रामा जाने गर्थे । त्यसपछि उनलाई लाग्यो असली पर्यटनको आर्कषण त यसमा पो रहेछ । राफ्टिङलाई छोडेर सन २००२ देखी  पदयात्रा पर्यटनमा संलग्न भए । सुरुमा ट्रेकिङ भरिया, ट्रेकिङ गाईड हुँदै अहिले पदयात्रा पर्यटनमा उनको आफ्नै कम्पनी  ‘मिसन नेपाल होलिडेज’ पर्यटन बजारमा स्थापित छ ।

पदयात्रा क्षेत्रमै संलग्न हुनुका हिसाबले उनी टानसँग जोडिन पुगे । तर बिगतदेखी अहिलेसम्मको टानको कार्यशैली समयअनुकुल सुधार हुन नसकेको उनको बुझाई छ । अहिलेसम्म टानमा नेतृत्वमा व्यावसायीलाई चुनेर पठाउने काम मात्रै भयो, व्यावसायीको मुद्धा हालसम्म पनि समाधान हुन नसक्नुले आफै नेतृत्वमा नपुगी केही नहुने रहेछ भन्ने ठानेर महासचिबमा उमेद्धवारी दिएको उनले बताए ।

दुइ हजार भन्दा बढि सदस्य रहेको टान भद्रगोल अवस्थामा रहनु, टानको पदयात्रा गन्तव्य र व्यावसायीको उथ्थानमा हालसम्म पनि पहलकदमी नहुनुले असक्षम नेतृत्वको निरन्तरता मात्रै देखिएको उनको बुझाई छ ।

टान धरासायी छ, पदयात्रा पर्यटनको गति दिशाहिन छ, भ्याट, टिम्स रकम अहिलेसम्म पनि उठाउन नसकेर रोईलो गरिराख्नुपर्ने नियती टानले भोगिरहेको छ । यस्तोमा टान रमिते संगठनको रुपमा मात्रै बिकास भयो, बिदेशीहरु नै ट्रेकिङ गाईडका रुपमा नेपाल आउने र नेपाली पदयात्रा व्यावसायीहरु चै भोकै बस्नुपर्ने स्थीतिले टानको कार्यशैलीमाथि प्रश्न उठेको भएपनि बिषयगत मुद्धामा व्यावसायीहरुको आवाज पुग्न नसकेकै कारण टान दिशाहिन बनेको उनले बताए ।

ढकालले टिम्स बापतको रकम उठाउने सन्दर्भमा एकद्धार प्रणालीबाट रकम उठाउने व्यावस्था गरिनुपर्ने भन्दै टिम्स पर्यटन बोर्डको ठेक्का नभई टानले एकल निर्णयबाट उठाउन पाउने व्यावस्थाका लागि आफ्नो उमेद्धवारी रहने बताए । उनले पदयात्रा पर्यटनमा जाने पर्यटकका लागि कम्तीमा पनि एकजना पोर्टर र एकजना ट्रेकिङ गाईडको अनिवार्य व्यावस्था गरिनुपर्ने र त्यो नेपाली व्यावसायीक व्याक्ति नै हुनुपर्ने मागका साथ आफु अगाडि बढेको बताए ।

यसका साथै टानको प्रशासनिक संयन्त्रलाई चुस्त बनाउन टान इन्र्फमेशन सेन्टर स्थापना गर्ने, टिम्स रकम गु्रप र व्याक्तिगत रुपमा बेचेर हुदै आएको बेईज्जती रोक्ने  तथा समग्र पदयात्रा पर्यटनको उथ्थानको लागि हालसम्म आफुले प्राप्त गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा टानको कार्यशैली सुधार गरी व्यावसायीहरुमा टानको सदस्य भनेर गर्ब गर्न लायक स्थीतिमा पुर्याउनका लागि महासचिबमा उमेद्धवारी घोषणा गरेको र यसका लागि सम्पूर्ण टान कार्यसमिति सदस्य, व्यावसायी तथा शुभेच्छुकहरुमा सहयोगका लागि आह्वान समेत गरे ।

तपाईंको बिचार