Thursday, October 24, 2019

दयानिधी उर्फ दिपेन्द्र ढकालद्धारा टान कोषाध्यक्षमा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2019/07/11

असार २६, काठमाण्डौ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति जति नजिकिदै छ, पदाधिकारीहरुमा नेतृत्वको आकांक्षी पनि बढ्दै गएका छन । हालसम्म नेतृत्वका आकांक्षीको भिड बढेको भएपनि पदाधिकारी तहमा पनि व्यावसायीहरुले उमेद्धवारी घोषणा गर्ने क्रम सुरु भईसकेको छ । यही क्रममा टानको कोषाध्यक्षको उमेद्धवारको रुपमा दयानिधी ढकाल(दिपेन्द्र) ले समेत गन्तव्य नेपालमार्फत पहिलोपटक उमेद्धवारी घोषणा गरेका छन ।

कोषाध्यक्षमा उमेद्धवारी किन भन्ने प्रश्नमा ढकालले भने,–‘ टानमा अहिले पनि आर्थिक अपचलन भएको कुरा पर्यटन बजारमा गुन्जायमान छ, व्यावसायीको हकहितको मुद्धा छाडेर आर्थिक मुद्धामा मात्रै अल्झीरहनुपर्ने स्थीतिले टान अघि बढ्दैन । यस्तोमा पारदर्शी ढंगबाट टानको समस्या समाधानको लागि अहोरात्र खट्नेछु ।’ यसका साथै पदयात्रा व्यावसाय क्षेत्रमा देखापरेका तमाम समस्याको     समाधानका लागि सुझबुझका साथ आफुले सशक्त रुपमा काम गर्ने बताए । पदयात्रा व्यावसायीहरुको स्वास्थ्य उपाचार, मजदुरहरुको ईन्सुरेन्स र उपाचार, टिम्सको सही सदुपयोग, आर्थिक अनुशासन, आर्थिक पारदर्शिता लगायतका मुद्धाहरुलाई बिशेष रुपमा कार्यान्वयन गर्नका लागि उमेद्धवारी घोषणा गरिएको बताए । एकदशक देखी पदयात्रा व्यावसायमा संलग्न ढकाल बियोण्ड द लिमिट ट्रेक्स एण्ड एक्सपीडिसनका सञ्चालक समेत हुन ।
ढकालले आफ्नो पारदर्शी योजना सफल बनाउनका लागि सम्पूर्ण टान कार्यसमिती सदस्य, व्यावसायी तथा शुभेच्छुकहरुले सहयोग गर्नेमा आफु बिश्वस्त भएको बताए ।

तपाईंको बिचार