Monday, October 14, 2019

टेक खकुरेलद्धारा टान कोषाध्यक्षमा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2019/07/14

असार २९, काठमाण्डौ ।  ट्रेकिङ  एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै जाँदा टानमा उमेद्धवारीको चर्चा एकपछि अर्को गर्दै चुलिदै गएको छ ।

यही भदौ २० गते हुने टान निर्वाचनमा कोषाध्यक्षको उमेद्धवारको रुपमा टेक खकुरेलले आफ्नो उमेद्धवारी घोषणा गरेका छन ।
विगत ३ दशकभन्दा लामो समयदेखी ठमेल क्षेत्रमा पर्यटन व्यावसायमा संलग्न खकुरेल सन १९९९ बाट ‘ले पोर्ट द लाभेन्चुर’ नामक ट्रेक्स एण्ड एक्सपिडीसन कम्पनी मार्फत पर्यटन बजारमा स्थापित व्यावसायी हुन ।
टानमा राजनीतिक स्वार्थबाहिरको व्याक्तिको नेतृत्व बहश चलिरहँदा खकुरेलले टानलाई आर्थिक पारदर्शिताको मुद्धामा अगाडि बढाउन र व्यावसायीहरुको बिश्वास जोगाईराख्न उमेद्धवारी घोषणा गरेको बताए ।
उनले भने,–‘टान अहिले आर्थिक रुपमा बिचलीत अवस्थामा छ, पर्यटन बोर्ड र टानबिच उचित समन्वय हुन नसक्दा टिम्स रकम पनि टानले प्राप्त गर्न सकिरहेको छैन, व्यावसायीहरु माझ पनि टानमा भ्रष्ट्रचार छ भनेर कुरा गरिरहेको सुनिन्छ, यस्तो अवस्था टान सम्बद्ध सबै व्यावसायीको लागि दुर्भाग्य हो, कम्तीमा आर्थिक पारदर्शिताका हिसाबले टानलाई रहरलाग्दो संस्थाका रुपमा बिकास गर्न म लाग्नेछु । मेरो उमेद्धवारी यसैको लागि हो ।’
चुनाबको मिति नजिकिदै गर्दा व्यावसायिक हकहीतको लागि काम गर्ने व्याक्तिलाई नै व्यावसायी साथीहरुले चुन्नु हुनेछ, यसमा टान सम्बद्ध व्यावसायी तथा शुभेच्छुकहरुको साथ रहनेमा बिश्वस्त छु ।

तपाईंको बिचार