Monday, October 14, 2019

सुरज बैद्य भन्छन,–‘आफु हट्ने कुरा निराधार, भ्रमण बर्ष सर्दैन’

प्रकाशित मिति: 2019/07/14

असार २९, काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज बैद्यले भ्रमण बर्ष नजिकिदै जाँदा सामाजिक सञ्चालमा फैलाईएका हल्ला निराधार भएको बताएका छन ।

गन्तव्य नेपाल न्यूजसँग कुरा गर्दै उनले भ्रमण बर्ष संयोजकबाट आफु हट्ने भन्ने हल्ला कपोकल्पीत, भ्रामक भएको बताए । सरकारले आफुलाई दिएको जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गरिरहेको बताउँदै भ्रमण बर्षलाई सफल र भव्य बनाउनको लागि तयारीलाई तिब्रता दिईरहेको बताए ।

निश्चयनै बिबिध घटनाक्रमले भ्रमण बर्षको प्रचार र तयारी सुस्त भएको स्वीकार्दै भ्रमण बर्षको लागि अझै पनि समय यथेष्ठ रहेकोले हामी सबै मिलेर अगाडि बढ्दा भ्रमण बर्ष सफल हुने उनको भनाई थियो ।  एक अर्को प्रशंगमा बैद्यले भ्रमणबर्ष २०२० मै हुने र नसर्ने पनि बताए । उनले कुनै पनि किसिमको हल्लाको पछि नलागी भम्रण वर्षको लक्ष्य प्राप्तिको लागि सबै तह र तप्काबाट लाग्नको लागि सम्पूर्ण पर्यटन व्यवसायी तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

तपाईंको बिचार