Saturday, September 21, 2019

पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटक प्रवेश सेवा शुल्क लाग्ने

प्रकाशित मिति: 2019/07/17

साउन १, काठमाडौं ।  नगरकोट अवलोकन गर्न आउने पर्यटकले अब प्रवेश शुल्क तिनुपर्ने छ । बुधबार पर्यटन सेवा शुल्क संकलन गर्ने सहमतिअनुरुप नयाँ आर्थिक वर्ष ०७६÷७७ को साउन १ गतेबाट शुल्क उठाउने भएको छ ।

पर्यटकीय गन्तव्य नगरकोट आउने सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति ३ सय ५० रुपैयाँ र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय ५० रुपैयाँ प्रवेश सेवा शुल्क तिर्नुपर्ने हुन्छ । संकलित रकम नगरकोटको पर्यटन विकास तथा प्रवद्र्धनमा खर्च गरिने छ । पर्यटन प्रर्वद्धनका लागि सडक बत्ती जडान, पर्यटक बसपार्क, सार्वजनिक शौचालय निर्माण, पार्क निर्माणलगायत गर्ने चाँगुनारायण नगरप्रमुखमिश्रले बताए ।

 

तपाईंको बिचार