Monday, October 14, 2019

चिनियाँ पर्यटकको बढोत्तरी

प्रकाशित मिति: 2019/07/18

साउन २, काठमाडौं । सन् २०१८ को तुलनामा नेपाल आउने विदेशी पर्यटकको बृद्धिदर खुम्चिएको छ। अघिल्लो वर्ष औषत २० प्रतिशत माथिको बृद्धिदर कायम भएकोमा यो वर्षको ६ महिनामा १२ प्रतिशतले बृद्धि भएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको छ महिनामा ५ लाख ८५ हजार ५३१ जना विदेशीले नेपाल भ्रमण गरेका छन्। यसरी नेपाल आउनेमा ४ लाख ९० हजार हवाई यात्राबाट आएका छन् भने ९४ हजार गाडीबाट भित्रिएका छन्।

संख्याको हिसाबले सबैभन्दा बढी भारतीयले यो बीचमा नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार यो बीचमा १ लाख ३ हजार ४६१ भारतीयले नेपाल भ्रमण गरेका छन्। त्यस्तै ८५ हजार ३१८ चिनियाँले नेपाल भ्रमण गर्दा सयुक्त राज्य अमेरिकाबाट यो बीचमा ४८ हजार २०१ जनाले यात्रा गरेका छन्।

बृद्धिदरका हिसाबले चीनबाट आउने पर्यटको बढी देखिएको छ। बोर्डका अनुसार सन् २०१९ को ६ महिनामा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत बढी चिनियाँ नेपाल आएका छन्। त्यस्तै ७ प्रतिशत भारतीय बढेका छन् भने १० प्ततिशत अमेरिकन बढेका छन्।

तपाईंको बिचार