Monday, October 14, 2019

भ्रमण बर्ष सन्दर्भ :सरकारले निरुत्साहित होईन, उत्प्रेरित गरोस ।

प्रकाशित मिति: 2019/07/23

साउन ७, काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा आन्तरीक तयारीबारे केही समयअघि देखी बिबिध किसिमका टिकाटिप्पणी सुरु भईसकेको छ । समयमा तयारी नसक्नु नेपालीपनको मौलिकता हो भन्दा फरक नपर्ने गरी सन १९९८ बाट सुरु भएको भ्रमण उत्सवको यात्रा पछिल्लो २०२० को उत्तरार्धतिर आईपुग्दा पनि उस्तै छ ।

राजनीतिक नियुक्तीका आधारमा पद ओगट्ने र जथाभावी टिकाटिप्पणी गर्नु आफ्नो ठालुपनसँग जोड्ने बिषयक्षेत्र बाहिरका व्याक्तिका कारण नेपाली पर्यटन क्षेत्र पनि मारमा परेको छ ।
केही समयअघि राजधानीमा भएको कार्यक्रममा सरकारले भ्रमण बर्षलाई सफल बनाउन चयन गरेका भ्रमण बर्ष संयोजक सुरज बैद्यले पनि उही निरासा पर्यटन बजारमा फैलाए, व्यावसायीले त्यसको सर्वत्र बिरोध पनि गरे । बैद्यले भनेका थिए,–‘ नेपाल भ्रमण बर्ष आन्तरीक तयारी नपुगेको कारणले स्थगीत गर्दा राम्रो, सगरमाथामा ट्राफिक जाम भयो आरोहण बन्द गरौँ ।’
टोयटा गाडीको व्यापारमा तल्लिन हुँदै गर्दा पार्टीलाई सहयोग गरेका बैद्यलाई सरकारले भ्रमण बर्षको संयोजकको लागि कसरी उपयुक्त देख्यो, त्यो उनीहरु नै जानुन, तर बर्षौ सम्म नेपाली पर्यटन क्षेत्रको काँध थापेर आफ्नो जिजिभिसा चलाएकाहरुलाई बैद्यको टिप्पणी निको लाग्नुपर्ने थिएन, लागेन पनि । ठमेलका चोक बजारमा व्यावसायिक मुद्धाबारे निरन्तर खबरदारी गर्ने यो पंक्तिकारसँग व्यावसायीले गरेका गुनासाहरुले पनि यही स्पष्ट पार्छ, आखिर उनलाई भ्रमणबर्ष रोक्नैपर्ने गरी सुझाब दिने को, अनि उनको एकल निर्णय व्यावसायीले मान्नैपर्ने के ?, सही व्यक्ति सही ठाँउमा नहुँदाको परिणामका रुपमा पर्यटनले दुर्गति भोगेको छ भन्छन,–‘सातोरी एड्भेन्चरर्सका सञ्चालक ऋषि भण्डारी ।’
बैद्य आफैलाई पनि थाहा भएकै थाहा हुनुपर्ने हो की उनको बिज्ञता गाडि खरिदबिक्रिमा हो, पर्यटनमा होईन, पद पाईयो भन्दैमा व्यावसायिहरुलाई नै ठेश पुग्ने गरी उनले गरेको टिप्पणीप्रति व्यावसायि रुष्ट देखिन्छन ।
सत्य यही हो, की पर्यटनमैत्री बातावरणको कुरा सेमिनार र होटलका माईकअगाडि सरकारका प्रतिनिधिले गर्ने भाषणमा मात्रै हो, स्थलगत रुपमा जेजति सकेका छन, यसको प्रगति र दुर्गति व्यावसायीहरु आफ्नै तहबाट पार लगाउँदै आजसम्म आएको अवस्था हो ।
भण्डारी भन्छन,–‘ उनको बिज्ञता र पर्यटन फरक पाटो हो, कोही नभेटेको भए बरु म(ऋषि भण्डारी) उपयुक्त हुन्थे होला, उहाँ फरक क्षेत्रको हो, त्यसरी टिप्पणी नगर्नुपथ्र्यो ।
पर्यटन क्षेत्रमै जिबन बिताएका दर्जनौ व्यक्तिहरु पर्यटनमा छन, उनीहरुको पनि बिचार सुनिनुपर्छ, अन्र्तक्रिया हुनुपर्नेमा उनको जोड छ, सतही बिष्लेषणले द्धन्द्धको स्थीतिमात्रै ल्याउने उनको बुझाई छ ।
पर्यटन क्षेत्रमा लामो जिबन व्यातित गरेका छन, ऋषि भण्डारीले । अन्नपूर्ण गाँउपालिका, ढिकुरपोखरीमा २०३८ सालमा जन्मेका भण्डारी आफु जन्मेको ठाँउमा प्रत्येक व्यक्तिले आफ्नो पहिचान झल्कने गरी काम गर्नुपर्ने बताउँछन, –‘ कुनै पनि व्यक्तिको परिचय बाबुको नामले यात आफु जन्मेको ठाँउले दिन्छ । यस्तोमा आफ्नै क्षेत्रमा केही गरौ भन्ने भावनाले नेपाल घुम्न आउने बिदेशी पर्यटकलाई लक्षित गरी अन्नपूर्ण बेशक्याम्प देखी घान्द्रुकसम्म ४२ दशमलब २ किमिको अन्नपूर्ण म्याराथन गरी नेपाली पर्यटनमा योगदान पुर्याईरहेका छन ।
सानैदेखी पर्यटन क्षेत्रमा संलग्न भण्डारी नेपाली माटोलाई बिदेशीसामु गौरबपूर्ण रुपमा चिनाउन सबै लाग्नुपर्ने उनको बुझाई छ ।
यस्ता धेरै व्यक्ति छन, जो सम्पूर्ण रुपमा पर्यटन क्षेत्रमा आफ्नो जिबन व्यतित गरेका छन । कम्तीमा राज्यका कर्म निरुत्साहित नभई उत्प्रेरित तर्फ बढ्नु जरुरी छ ।

तपाईंको बिचार