Monday, October 14, 2019

पदयात्रामा जाने पर्यटक घट्दै

प्रकाशित मिति: 2019/07/23

साउन ७, काठमाडौं । हिमाली क्षेत्रको पदयात्रा नेपाल आउने पर्यटकको प्रमुख आकर्षण मानिन्छ । तर, गत वर्ष पदयात्रीको संख्या भने घटेको छ । पदयात्राबाट उठ्ने राजस्व एक करोड रुपैयाँभन्दा धेरै घटेको छ । आर्थिक वर्ष ०७४÷७५ मा ३८ करोड ६२ लाख ५६ हजार ६ सय ९९ रुपैयाँ राजस्व उठेको थियो । पछिल्लो वर्ष ३७ करोड ४६ लाख २९ हजार आठ सय ४१ रुपैयाँ मात्र उठेको छ । 

सरकारले हिमाली क्षेत्रका विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकेको छ । ती स्थानमा जान पर्यटकले पदयात्रा अनुमति लिएर दिनगन्तीका हिसाबले शुल्क तिर्नुपर्छ । यस्तो शुल्क जिल्लैपिच्छे फरक छ । ‘पदयात्राका धेरै गन्तव्यमा सडक पुगेकाले पनि त्यहाँ जाने पर्यटकको संख्या घटेको हुन सक्छ,’ विभागका महानिर्देशक पौडेलले भने । ‘फेक रेस्क्यु’का कारण पनि घटेको हुन सक्ने आशंका गरिएको छ । पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकलाई बिरामी बनाएर हेलिकोप्टरमार्फत उद्धार गरी ठगी हुने गरेको सरकारको छानबिनमा खुलेको थियो । 

यो विषय बाहिरिएपछि नेपालको पर्यटन क्षेत्रको छविमा नकारात्मक असर परेको थियो । 

तपाईंको बिचार