Wednesday, August 21, 2019

मुस्ताङमा बृहत यार्तुङ महोत्सव हुने

प्रकाशित मिति: 2019/07/25

साउन ९, मुस्ताङ । मुस्ताङमा यार्तुङ महोत्सव हुने भएको छ । 

नेपाल भ्रमण वर्ष २०२० लक्ष्य गरी पर्यटन प्रर्वद्धनमा सघाउ पुर्‍याउने उद्देश्यले परम्परागत यार्तुङलाई यसपालि बृहत महोत्सवका रुपमा विकास गर्न लागिएको छ । गाउँपालिकाले बुधबार सरोकारवालासँग बसी यस्तो निर्णय गरिएको हो ।

विगतमा यार्तुङ मुक्तिनाथको जनप्रीय युवा क्लबले संञ्चालन गर्ने गथ्र्यो । यस वर्ष भने जनप्रतिनिधि, कर्मचारी, जनप्रीय युवा क्लब,  १९ वटै गाउँका मुखिया र सरोकारवालाले यार्तुङलाई संयुक्त पर्वको रुपमा मनाउने निर्णय गरेको छ । 

यसका लागि अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा ७१ सदस्यीय यार्तुङ मुलआयोजक समिति समेत गठन भयो।ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यातुङ गुरुङ समुदायको मौलिक पर्व भएको अध्यक्ष गुरुङले जानकारी दिए। 

यस पटक गाउँपालिका भित्रका सबै गाउँलेले यार्तुङ महोत्सवमा सांस्कृतिक झाँकी, घोडा दौड र परम्परागत मौलिक सभ्यता पस्कने छन्।मुस्ताङको मुक्तिक्षेत्रमा हुने यार्तुङ महोत्सव बर्सेनि जनैपूर्णिमा अवसरमा संञ्चालन हुनेगर्छ। यारको अर्थ हो बर्खा र तुङ अर्थ पर्व हो। खेतिपातीको सबै कामकाज सकेर आपसमा खुसी साट्ने पर्व हो यार्तुङ।

महोत्सवको मुख्य आर्कषण प्रतियोगी र अप्रतियोगी घोडा,स्थानीय खानाका परिकार, स्थानीय भेषभुषा, सेभेन ए फुटबल, तारो हान्ने खेल र विविधि सांस्कृतिक कार्यक्रम हुनेगर्छ।

महोत्सवमा नेपालका चर्चित कलाकार निम्त्याएर कन्सर्ट र सांस्कृतिक कार्यक्रम गरिने छ। आन्तरिक तथा बाह्य पर्यटन प्रर्वधनका लागि गाउँपालिकाले थप नयाँ खालका कार्यक्रम ल्याउने जनाएको छ। यार्तुङ अवलोकन गर्न मुस्ताङलगायत डोल्पा ,मनाङलगायत देश विदेशमा रहेका मुस्ताङी पुख्यौली थलो फर्कन्छन्।

तपाईंको बिचार