Friday, October 18, 2019

दुर्गानाथ न्यौपाने(बलराम)द्धारा टान बरिष्ठ उपाध्यक्षमा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2019/07/26

साउन १०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वको आकांक्षीमा एकपछि अर्को गर्दै उमेद्धवारहरु मैदानमा उत्रिएका छन ।

यही भिडमा आईपुगेका छन, रसुवा– नुवाकोट पर्यटन समाजका अध्यक्ष दुर्गानाथ न्यौपाने(बलराम) ।
नेपाली पर्यटन क्षेत्रमा तिन दशक बिताउँदै गर्दा रसुवा ट्रेक्स प्रालिका नामबाट उनले पर्वतिय पर्यटनमा योगदान पुर्याईरहेकै छन ।  
यतिबेला उमेद्धवारहरु आफ्नो पक्षमा समर्थन जुटाउन लागिपरिरहँदा बलराम न्यौपानेले पनि टान बरिष्ठ उपाध्यक्षमा आफ्नो उमेद्धवारी घोषणा गरेका छन । विगतमा पनि टानको कार्यसमितीभित्र बसेर काम गर्ने ईच्छा भएको भएपनि आफुले कुनै लोभलालच नराखीकन अग्रज र युवा व्यावसायीलाई साथ दिदै आएको भन्दै न्यौपानेले यसपटक भने बरिष्ठ उपाध्यक्षमा उमेद्धवारी घोषणा गरेका हुन । टानमा केही बर्षयता व्यावसायिक मुद्धा र मजदुरहरुको समस्यामा बेवास्ता हुन गएको भन्दै न्यौपानेले ति तमाम समस्या निराकरण गर्ने सुत्र आफुसँग भएको पनि बताए । आफु जहिले पनि कर्मले नै स्थापित हुने मानसिकतामा रहेको भन्दै टानमा राजनीतिक रंग भन्दा पनि व्यावसायिक नेतृत्वको पक्षमा रहेको र सम्पूर्ण टान सम्बद्ध कार्यसमिति सदस्य, व्यावसायी तथा शुभेच्छुकहरुमा सहयोगका लागि आग्रह समेत गरे ।


यस्तो छ, उनको पृष्ठभुमि
पर्यटन र सामाजिक क्षेत्रका डायनामिक हिरो, सबैका बलराम
बलराम न्यौपाने पर्यटन क्षेत्रमा बहुआयामिक व्यक्तित्वको रुपमा परिचित छन । २०१८ सालमा रसुवा जिल्लाको जिपजिपे मानेस्वारा  कालिका गाउँपालिका वडा न. ५ मा जन्मिएका हुन, न्यौपाने ।
कक्षा ४ मा पढ्दै गर्दा गाँउकै साथीसँगको सल्लाहमा पहिलो चोटी घर छोडेर पोखरा पुगेको थिएँ । संघर्ष त्यही बाट सुरु भयो भन्ने लाग्छ । गोजीमा दुईचार रुपैयाँ पैसा त थियो तर केही खरिद गर्ने बित्तिकै गोजी रित्तो हुन्थ्यो ।

पोखरा पुगीयो चिनेजानेका कोही थिएनन, खानाबस्न टुंगो पनि थिएन, किनेर खान पैसा पनि भएन, दुईजनाको साथ थियो, मनमा आत्मबिश्वास । त्यही काफी ।
दुई दिन भोकै बस्यौ, तेस्रो दिन मुखमा पानि हालेर छोटेपाटनको रोडमा बरालिदै गर्दा एक हुल व्यक्ति बाटोको बिचमा केके जाति गर्दै थिए । 
काम पनि थिएन, फुर्सदै फुर्सद । उ र म एकैछिन रोकिएर हेर्नथाल्यौ । तर हेराईको खास आनन्द पनि थिएन ।
(साथी)उसले भन्यो, उ त्यो मोटे व्यक्तिलाई भनेर हामी पनि नाली खन्ने हो की ?
खन्न त खन्ने, दुईदिन देखी केही खाएको छैन, अर्को कुरा काममा पनि राख्ने होकि होईन, यस्तै यस्तै.....
नुवाकोटकै तामाङ थरका व्यक्तिले बाटो खन्ने जिम्मा लिएका रहेछन, हामीलाई पनि काममा राख्न राजी भएँ । खुसीको सिमा थिएन । बेलुका बस्ने र खानेको टुंगो लाग्यो । बस पुग्यो । अरु चाहिएको थिएन । त्यसमाथी १५ दिनमा तलब दिने कुरा गरेका थिए । उसिना चामलको ड्रममा पकाएको भात, ८०, सय जना हुँदा हुन भात खाने व्याक्तिहरु । व्यस्त दैनिकी, घरको जस्तो भएन भनेर सोच्ने छुट त कहाँ थियो र त्यैपनि बेस्वादको खाना र निरस कामले टिकाईरहन सकेन, त्यसमाथि १५ दिनमा दिने भनेको तलब दुई महिनामा पनि दिएनन । जुनठाँउमा थियौ, त्यही पुग्यौ । अर्थात दिनभरी काम खोज्ने काम र बेलुकी भएपछि पाटीको बास ।
१३ बर्षकै उमेरबाटै सुरु भएको जिबनसंघर्षको कथा बताउँदै थिए, बलराम न्यौपाने ।
गन्तव्य नेपालको कार्यलयमा भेटिदै गर्दा लाग्दैन उनमा बिगतप्रति कुनै पश्चाताप छ, या ग्लानी छ, आजको सफलताको जग थियो, हजुर पोखरा संघर्ष उनी यसै भन्दै थिए ।
कामले नै जिबन भोगाई सिकाउने रहेछ । काम छाडे पछाडी ३ बर्ष होटल तथा ट्रेकिङको सामान्य काम गर्दैगर्दा उनी २०३६ ताका काठमाण्डौ हानिए ।
काठमाण्डौमा भने संघर्षको रुप केही फरक ढंगबाट सुरु भयो । चिनजानकै साथीबाट आमाडब्लम ट्रेकिङ ठमेलमा टे«किङ गाईडको काम पाए । २ बर्षसम्म ट्रेकिङको काम गरेपश्चात सन १९९३ मा साझेदारीमा हिमाल भेन्चर ट्रेक नामक कम्पनी सुरु गरे । यद्यपी माओबादी युद्धका मारले पर्यटन क्षेत्र आक्रान्त भएको समय परेछ, क्यारे आर्थिक रुपमा धरासायी हुन पुगियो । उनी सम्झन्छन ।
यद्यपी पर्यटनमै जिबन संघर्ष बाँचेको मान्छे मैदान छोडेर बाहिरीन पनि सकिएन । अप्ठेरो पछि सजिलो भनेझै २००५ मा रसुवा ट्रेक प्रालि स्थापनासँगै जिबनको गोरेटो पनि अझ बृहत बन्दै गयो ।
पर्यटन क्षेत्रमा थोरबहुत रुपमा स्थापित भएको छु । जिबन संघर्षले जिबनको सफलताको रुप देखायो । फर्केर हेर्दा कुनै ग्लानी छैन, समाजप्रतिको उत्तरदायित्व पुरा गर्न आफ्नो ठाँउबाट कोशिष गरेकै छु । नभन्दै न्यौपाने नाम, दाम र भावना तिनै गुणबाट सजिएका छन ।
रसुवा ट्रेक बाट उनले बाटो, पुलपुलेसा र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएकै छन ।
एकबर्ष अगाडि मात्र शिक्षा मन्त्रालयले समेत उनलाई रसुवा नुवाकोट क्षेत्रको शैक्षिक बिकासमा उल्लेख्य भुमिका खेलेको भन्दै सम्मानित गरिसकेको छ । हालैमात्र ज्याङलाङ प्राबिको निर्माण सम्पन्न गरेका छन, जुन भुकम्प प्रतिरोधात्मक प्रबिधीमा तयार भएको छ । उनले रसुवा जिल्लाका बिभिन्न ठाँउहरुमा बिभिन्न स्कुलहरुलाई डेन्टल क्याम्प समेत सञ्चालन गर्दै आएका छन । यसका साथै स्वास्थ्य शिबिर, आवश्यक शैक्षिक सामाग्री समेत प्रदान गर्दै आएका छन । अहिले पर्यटन क्षेत्रमा सबैका बलरामको रुपमा स्थापित छन । भन्छन,‘ समाजसेवा यात्राको २० बर्षे अवधिमा मैले थाकेर कहिल्यै बस्नु परेन ।’जिबनमा अब धेरै धनोपार्जन भन्दा पनि सामाजिक उत्तरदायित्वपुर्ण जिबन जिउने क्रममा छु उनी यसै भन्दै थिए ।

तपाईंको बिचार