Wednesday, August 21, 2019

चोलेन्द्र बहादुर कार्कीद्धारा टान महासचिबमा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2019/07/28

साउन १२, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै जाँदा एकपछि अर्को गर्दै नेतृत्वका आकांक्षीहरु मैदानमा उत्रिएका छन । भदौ २० गते हुने निर्वाचनमा टान महासचिबका लागि हिमालयन जोय एड्भेन्चरका सञ्चालक चोलेन्द्र बहादुर कार्कीले आफ्नो उमेद्धवारी घोषणा गरेका छन ।

सोलुखुम्बुबाट २०६० सालमा काठमाण्डौ छिरेका ३१ बर्षिय युवा व्यावसायी कार्की सुरुमा पर्यटन मजदुरका रुपमा काम गर्थे । सन २०१० मा आफ्नै कम्पनी हिमालयन जोय स्थापना गरी नेपालको पर्वतिय पर्यटनमा योगदान पुर्याईरहेका छन ।
नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको उपाध्यक्ष कार्की यसपटक आफु महासचिबमा निर्वाचित भएरै छाड्ने बताउँछन ।
चोलेन्द्रका कुरा उनकै शब्दमा,
ट्रेकिङको क्षेत्रमा लामो समय व्यतित गरेको छु । पर्यटन मजदुरबाटै ट्रेकिङ व्यावसायमा स्थापित भएँ, यसअर्थमा मजदुर र व्यावासयी दुबैका पिरमर्कालाई एकआपसमा समाधानको लागि मेरो पहल हुनेछ । अर्को कुरा विगतका केही बर्षयता टानको कार्यशैली व्यावसायी र मजदुरको हित हुने गरीको देखिदैन, टिम्स रकम भित्राउन नसक्नु, एनटिभिएको मनोमानी रोक्न नसक्दा टानलाई मजदुर संस्थाको रुपमा हेर्ने उसको नजर फेरिनुपर्छं । यसका लागि टान र एनटिभिएबिच आपसी समझदारी गरेर अघि बढ्नु नितान्त आवश्यक छ । यसैका लागि साथीहरुले मेरो आवश्यक्ता महशुस गर्नुभएको छ, उहाँहरुकै सुझाब अनुसार उमेद्धवारी घोषणा गरेको हुँ । धेरै साथीहरु हुनुहुन्छ, नेतृत्वको लागि तर त्यसैमध्येको राम्रै हुँ भन्ने मेरो बुझाई हो । हारजित त हुन्छ नै यसमा कुनै अप्ठेरो छैन । हार जित लोकतान्त्रिक बिधी नै हो । जित्ने गरी नै उठेको हुँ, व्यावसायिक साथीहरुको सहयोगले जित निश्चीत छ भन्ने मेरो बुझाई हो ।
पहिलेका नेतृत्वहरुको कुरा गर्दा नवराज दाहालको कार्यकाल त्यति सहज भएन होला । टानमा नेतृत्वका हिसाबले उहाँको भुमिका अलिक बढि हुने हुँदा अपेक्षा बढि हुनु स्वभाविक हो । तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने समग्र कार्यसमितिको क्षमताले नै कुनैपनि संस्थाको गति निर्धारण गर्छ । उहाँको हकमा पनि साथीहरुले मुल्यांकन गरेकै छन ।
 
व्यावसायिक संगठनमा पार्टी भनेर मात्र हुदैन । यस्तोमा राजनीतिको प्रभाब त्यति धेरै नहोला जस्तो लाग्छ । यहाँ व्यावसायिक मुद्धा स्थापित गर्ने नेतृत्व चाहिएको छ । व्यावसायीको चाहना पनि त्यसै अनुरुप अघि बढेको छ । आशा छ, साथीहरुको भरोसा ममाथि प्रकट हुनेछ ।
 

तपाईंको बिचार