Wednesday, August 21, 2019

काठमाडौंमा अन्तर्राष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलन हुँदै

प्रकाशित मिति: 2019/07/30

साउन १४, काठमाडौं । काठमाडौंमा अन्तर्राष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलन हुने भएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजको आयोजनामा आउदो यही पुस १४ र १५ गते बोम्बो सम्मेलन हुन लागिएको हो ।

सम्मेलनबारे जानकारी दिदैं टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदीले नेपालको झाँक्री संस्कृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्न सके यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । 

समाजका अध्यक्ष महाराज भोम्जनकाअनुसार अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनमा युरोप र सार्क राष्ट्रका बोम्बोहरु गरी एक हजार जनाको सहभागी हुने छन् । नेपाल राष्ट्रकै कला, बोन संस्कार, संस्कृति भाषा र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्य सहित सम्मेलन गर्न लागिएको भनाइ उनको छ । उक्त सम्मेलनका लागि ३५ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष भोम्जनले जानकारी दिए ।

समाजका महासचिव विष्णु कुमार तामाङले नेपालको बोम्बोहरुलाई शुद्धिकरण गरेर विश्वसामु प्रवद्र्धन गर्ने र यसकै माध्यमबाट २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन सम्मेलनको तयारी गरिएको जानकारी दिए।

सम्मेलनमा बोम्बोले प्रयोग गर्ने विभिन्न हस्तकलाको सामान प्रदर्शन तथा बिक्रिका लागिसमेत राखिने छ । प्राचिनकालदेखि बोनहरुले प्रयोग गर्दै आइरहेका सामग्री ड्याङग्रो गजा, घण्टि माला, रुद्राक्ष माला, रिठा माला, बुद्ध चित्त माला, हर्बोटे माला, बिरु माला, सेल माला, सर्पको हडिको माला, दोर्जे, चेरु, त्रिशुल, शंख, कर्ता, बर्जा, कलस९बुम्बा०, फुर्बा, कङलिङ, डमरु, जामापगरि, धुपौरो समेत प्रदर्शनमा राखिने छन् ।

१५ गते विभिन्न देशको प्रतिनिधिहरुले आ–आफ्नो देशको बोम्बोहरुको अवस्थाको विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछ । यस्तै बोम्बो सम्बन्धी ५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकको भनाई छ । कार्यपत्रमाथि विज्ञटोलीले टिप्पणी गरेपछि ‘बोम्बो घोषणा पत्र, नेपाल–२०२०’ सार्वजनिक गर्ने जनाएको छ ।

तपाईंको बिचार