Monday, October 14, 2019

योगेश भटराईले पर्यटन मन्त्रीको रुपमा सपथ लिदैं

प्रकाशित मिति: 2019/07/31

साउन १५, काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने पक्का भएको छ । 

गन्तव्य नेपाललाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दिउँसो भट्टराईलाई बालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

तपाईंको बिचार