Wednesday, August 21, 2019

काम नगरी असफल हुने छुट छैन :योगेश भट्टराई, मन्त्री

प्रकाशित मिति: 2019/08/01

१६ साउन, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए ।

बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन ।
नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए । 

तपाईंको बिचार