Monday, October 14, 2019

तेस्रो पाँचपोखरी "ट्रेल हाफ म्याराथन" हुँदै

प्रकाशित मिति: 2019/08/01

साउन १६, काठमाडौँ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्ने उद्देश्यले यही साउन ३० गते सिन्धुपाल्चोकको धार्मिक क्षेत्र पाँचपोखरीर्लाइ तेस्रो पाँचपोखरी "ट्रेल हाफ म्याराथन" गरिने भएको छ । 

स्थानीय पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्म करीब २१ किलोमिटरको दूरीमा उक्त कार्यक्रम गर्न लागिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका, खेलकूद विकास समितिलगायत सस्थाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले समुन्द्री सतहदेखि चार हजार १०० मिटरको उचाइमा रहेको त्यस क्षेत्रका प्राचीन महत्वका धार्मिक क्षेत्रले स्थानीय तहमा आयआर्जनमा महत्व रहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न उक्त स्थललाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुुभयो । 

कार्यक्रमका संयोजक टासी शेर्पाले प्रथम, दोस्रो, तेस्रो र चौथो र पाँचौँ हुनेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने जानकारी दिनुभयो । 

तपाईंको बिचार