Wednesday, August 21, 2019

नेपाल पर्यटक यातायात व्यावसायी संघको नयाँ नेतृत्व भदौ २० मा चयन हुँदै

प्रकाशित मिति: 2019/08/01

साउन १६, काठमाण्डौ । नेपाल पर्यटक यातायात व्यावसायी संघ(एनटिभिए) कार्यसमितीको १८ औँ बैठकले आगामी १६ औँ बाषिक साधारणसभा यही भाद्र २० गते सम्पन्न गर्ने निर्णय गरेको छ । संस्थाको कार्यलय हाँडीगाँउमा हिजो साउन १५ गते बसेको कार्यसमितिको बैठकले साधारण सभासँगै नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।

अघिल्लो १५ औ बार्षिक साधरणसभाबाट प्रादेशिक संरचनाअनुसार सातै प्रदेशमा नेपाल पर्यटक यातायात व्यावसायी संघको संगठन बिस्तार गर्ने निर्णय अनुसार प्रादेशिक कार्यलयहरुको सञ्चालन कार्यबिधी पारित गरी गण्डकी प्रदेशमा तदर्थ समिती गठन भईसकेको छ । अन्य प्रदेशका हकमा यो प्रक्रियामा छ । अर्को कुरा केन्द्रमा पनि जुनसुकै रुटमा पर्यटक यातायात सेवा सञ्चालन गरिरहेका व्यावसायीहरुलाई नेपाल यातायात पर्यटक व्यावसायी संघको छाता संगठनभित्र आउन सार्बजनिक आह्वान पनि गर्दछु, संघका महासचिब सन्तोस न्यौपानेले भने । पर्यटन यातायातका समस्याहरु हामी सबै एकै ठाँउमा बसेर ज्वलन्द रुपमा उठाउँदा जति सहज हुन्छ, छरीरहँदा त्यति हुँदैन । अर्को कुरा पर्यटन यातायात व्यावसाय नै गर्नेभएपछि हामीले अन्य रुप, ट्राभल, ट्रेकिङ होटलका नाममा गरिरहनुभएका व्यावसायीहरुलाई स्पष्ट रुपमा पर्यटन यातायात व्यावसाय गरीरहँदा बाध्यताबस अन्य व्यावसायी भई पर्यटन यातायात गर्नुपरेको प्रति नेपाल पर्यटक यातायात व्यावसायी संघ जानकार छ, सजग छ । तसर्थ जुनकुनै रुपमा पर्यटन यातायात क्षेत्रमा व्यावसाय गर्नुहुने व्यावसायीहरुलाई नेपाल पर्यटक यातायात व्यावसायी संघको सदस्यता लिई व्यावसायिक हकहितको पक्षमा उभिनुहुन बिनम्र अनुरोध गर्दै यसको सहजताको लागि आगामी सोह्र औँ बार्षिक साधारण सभामा बिशेष प्रश्ताब दर्ता भई छलफल हुने कार्यक्रम रहेको छ ।

तपाईंको बिचार