Wednesday, August 21, 2019

पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुलाई निःशुल्क चिनियाँ भाषाको तालिम

प्रकाशित मिति: 2019/08/04

साउन १९, पोखरा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पोखरामा निःशुल्क चिनियाँ भाषाको  तालिम दिइएको छ ।
पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि विशेष संचालन सो तालिम शनिबारदेखि शुरु भएको थियो ।  

गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स र्‍याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा सो तालिम गरिएको हो । तालिम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइँ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पोखराको सहयोगमा चिनियाँ भाषाको तालिम शुरु गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए ।

आधारभूत र एड्भान्स गरी दुई सत्रमा कक्षा सञ्चालन गरिएको र आधारभूतमा ४१ र एड्भान्समा २१ गरी ६२ जना तालिममा सहभागी रहेका छन् ।

 

 

तपाईंको बिचार