Monday, October 14, 2019

टान निर्वाचनको लागि समाजबादी पार्टी निकट पर्यटन व्यावसायीको बार्ता तथा संबाद कमिटी गठन

प्रकाशित मिति: 2019/08/04
साउन १९, काठमाण्डौ । समाजबादी पार्टी निकट व्यावसायीहरुको छाता संगठन नेपाल पर्यटन परिषद्ले टान नेतृत्वका लागि कामीरेन्जी शेर्पाको नेतृत्वमा सर्बसहमति बनाउन उमेद्धवार चयन बार्ता तथा संबाद समिती गठन गरेको छ ।
गन्तव्य नेपालसँग कुरा गर्दै परिषद्का अध्यक्ष गोपालबाबु श्रेष्ठले कामी रेन्जी पर्यटनमा ४२ बर्षदेखी क्रियाशिल रहेको र उहाँजस्तो अनुभवी पात्रले मात्रै टानलाई गति दिन सक्ने भएकाले समस्त टान कार्यसमिती सदस्य र व्यावसायी तथा शुभेच्छुकहरुलाई सहयोगका लागि आग्रह गरे ।  परिषद्ले बार्ता तथा संबादको लागि  चेबन देवकोटाको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको श्रेष्ठले जानकारी दिए । सदस्यहरुमा गोपाल बाबु श्रेष्ठ , डि.बी. लिम्बु, तारालाल धरेल ,के.पि. सुवेदी , अर्जुन पाण्डे, दावा गान्जेन लामा रहेका छन ।

तपाईंको बिचार