Wednesday, August 21, 2019

टान बरिष्ठ उपाध्यक्षमा न्यौपानेको उमेद्धवारी : टानलाई सुधार्न झाडापखलाको औसधी लिएर जान्छु

प्रकाशित मिति: 2019/08/05

साउन २०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को बरिष्ठ उपाध्यक्षमा गणेश न्यौपानेले उमेद्धवारी घोषणा गरेका छन । मोन्टेरेसा ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिका सञ्चालक न्यौपाने पर्वतिय पर्यटनमा स्थापित व्यावसायी हुन ।

नरेन्द्र बिसीको नेतृत्वमा(२००५–००७)मा सचिवको जिम्मेवारी निर्वाह गरिसकेका न्यौपाने टानको बर्तमान कार्यशैली उँधोगति तर्फ उन्मुख भएको उनको भनाई छ ।‘टान अहिले बिरामी भएको छ, यसलाई सिटामोल, झाडापखाला बिभिन्न खाले औसधीको खाँचो छ, त्यसैलाई पुरा गर्न बरिष्ठ उपाध्यक्षमा उमेद्धवारीको घोषणा गर्दछु,– उनले भने ।
नरेन्द्र बिसीको पालामा टानमा १ करोड रुपैयाँ खातामा भएको टानमा अहिले कर्मचारीलाई तलब खुवाउन पनि समस्या, देखीएको भन्दै न्यौपानेले बर्तमान नेतृत्वमाथि पनि प्रश्न उब्जीएको बताए । उनले अब टान सुधारको औषधी लिएर बरिष्ठ उपाध्यक्षमा जाने बताए ।
यसअघि पर्यटनका बिभिन्न डकुमेन्ट्री आफ्नै खर्चमा तयार पारेर प्रश्तुत गरेका न्यौपानेले टान सुधार गर्न छु भने आफ्नो प्यानललाई जिताउनु अनिबार्य भएको भन्दै सहयोगका लागि सम्पूर्ण टान कार्यसमिति सदस्य, व्यावसायी तथा शुभेच्छुकहरुमा आग्रह गरेका छन ।

तपाईंको बिचार