Monday, October 14, 2019

लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुको संख्या बढ्दै

प्रकाशित मिति: 2019/08/05

साउन २०, लुम्बिनी। बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गइरहेको छ । गत ७ महिना (जनवरीदेखि जुलाईसम्म) मा मात्र ९ लाख ६० हजारले लुम्बिनी भ्रमण गरेका छन् ।

गत सात महिनामा लुम्बिनीमा आउने पर्यटकहरुमा तेश्रो मुलुक (राहदानी बाहक) का ८६ हजार ५ सय ३१ छन् । आन्तरिक पर्यटकहरुको संख्या ७ लाख ६३ हजार ४ सय ३१ रहेका छन् भने १ लाख १० हजार २ सय ९८ भारतीय पर्यटकले लुम्बिनीलाई आफनो गन्तव्य बनाएका छन् । विदेशी, नेपाली र भारतीय गरी कुल ९ लाख ६० हजार २ सय ६० पर्यटकहरु गएको सात महिनामा लुम्बिनी पुगेका हुन् ।


विदेशी पर्यटकहरुको संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ हजार ४ सय २ जना अर्थात् १६ प्रतिशतले बढी रहेको लुम्बिनी विकास कोष सूचना शाखाका नासु दिलिप कुलुङले बताए । अघिल्लो वर्षको सोही अवधिमा कुल ७४ हजार १ सय २९ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

गएको ७ महिनामा लु्म्बिनी भ्रमणमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन् । सो अवधिमा १९ हजार २ सय ३९ श्रीलंकन पर्यटकले ल्म्बिनी भ्रमण गरेका छन् ।

त्यसपछि म्यान्मारका १६ हजार ९ सय ५६, थाई १५ हजार ९ सय २०, चिनियाहरु १२ हजार ८ सय ७, दक्षिण कोरीयाका ३८ सय ४६, भियतनामीहरु २९ सय ९६, जर्मनीका १८ सय, स्वीजरल्याण्डका १३ सय ४८, जापानका १२ सय ३६, अमेरीकाका ११ सय ८९, फ्रान्सका १ हजार २३ लगायत बिभिन्न देशका पर्यटक रहेका छन् ।

लुम्बिनी भ्रमणमा आउँदा पर्यटकहरुले मुख्य स्थल मायादेबी मन्दिर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुन्ड, बिश्व शान्ति द्धिप, लगायत बिभिन्न स्वदेशि तथा विदेशी बिहार अवलोकनका लागी पुग्छन् । केही पर्यटक चराचुरुंगी हेर्न र साईक्लिंगमा पनि रमाउने गर्छन् । केही पर्यटक कपिलवस्तुका बिभिन्न बौद्ध साईटस र रामग्राम स्तुपा सम्म पुग्ने गरेका छन् ।

तपाईंको बिचार