Monday, October 14, 2019

नाट्टाद्वारा पर्यटन मन्त्रीलाई १२ बुँदे सुझाव हस्तान्तरण

प्रकाशित मिति: 2019/08/05

साउन २०, काठमाडौं । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल (नाट्टा) ले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईलाई १२ बुँदे सुझाव हस्तान्तरण गरेको छ । 

सोमबार बिहान मन्त्रालयमा गएर नाट्टाको टोलीले मन्त्री भट्राईलाई १२ बुँदे सुझाव पत्र दिएको हो । हस्तान्तरण कार्यक्रममा पूर्व अध्यक्ष मञ्चका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सोही अवसरमा नाट्टाका अध्यक्ष सिएन पाण्डेले पर्यटन मन्त्री भट्राई समक्ष नाट्टाले गर्दै आएका काम र अगामी योजनाहरुको बारेमा जानकारी दिएको थियो ।

नट्टाले काठमाण्डौंबाट लामो दुरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुंदा यस क्षेत्रले बारम्बार विभिन्न समस्याहरु झेल्नु परेको र पर्यटकहरुमा पनि मुलुकको छवि प्रति नकारात्मकता बढ्दै गएको अनुभव गरेको भन्दै काठमाण्डौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरि टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्ने व्यवस्था गर्न अनुरोध गरे । 

तपाईंको बिचार