Wednesday, August 21, 2019

नाटोजद्वारा पर्यटन मन्त्री भट्टराईलाई ६ बुँदे सूझाव

प्रकाशित मिति: 2019/08/07

साउन २२, काठमाण्डौ  । राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) केन्द्रीय कार्यसमिती र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबिच पर्यटन क्षेत्र सुधारबारे छलफल भएको छ ।

पर्यटनमन्त्रीमा नियुक्त भएका भट्टराईलाई शुभकामना दिन पुगेका तिन दर्जन नाटोज कार्यसमितिले पर्यटन क्षेत्र सुधारका ६ बुँदे सुझाब पेश गरेका थिए । सो क्रममा मन्त्री भट्टराईले आफु सुरुवाती अवस्थामै रहेको भन्दै केही दिन भित्रै समयतालिका सहित स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रचारप्रसार र पूर्वाधार विकास दुवै कार्यलाई सँगसँगै अघि बढाइने उनले बताए ।  राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) अध्यक्ष शिव अधिकारी अबिरलले सरकारसँग आफुहरु समन्वयकारी भुमिका खेल्न तयार रहेको भन्दै नेपाल भ्रमण बर्ष सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

सङ्घका अध्यक्ष शिव अधिकारी अविरलले भ्रमण वर्षलगायत मन्त्रालयका कामलाई सफल बनाउन पर्यटन पत्रकारले सहयोगात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । 

 

 

 

 

यस्तो थियो नाटोजद्वारा पेश गरिएका छ बुँदे सूझावहरुः

१. पर्यटनसँग सम्बन्धित पर्यटनमन्त्री स्तरीय निर्णयबाट हुने पर्यटन प्रवद्र्धन र विकासका लागि गठन गरिने समिति, उपसमितिहरुमा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को अनिवार्य प्रतिनिधित्व गराउनुपर्दछ । 

 २. राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले अघि सारेको व्यगचलबष्कित त्य व्यगचलबष्कित (जे टु जे) अवधारणालाई कार्यान्वयन गर्नका लागि नाटोजको संयोजनमा काम अघि बढाउने वातावरण निर्माण गरियोस् । जसको लागि चालु आर्थिक वर्षदेखि नै मन्त्रालय र सम्बन्धित निकायको वार्षिक क्यालेण्डरमै राखेर प्रत्येक वर्षको नियमित कार्यक्रमको रुपमा स्थापित गर्नुपर्दछ ।  

३. नेपाल पर्यटन बोर्ड मुलुकको पर्यटन प्रवद्र्धन गर्ने मुख्य हिस्सेदारी निकाय भएको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार एवं प्रवद्र्धनको लागि नाटोजसँग संस्थागत सहकार्य गर्ने वातावरण बनाइयोस् र नाटोजको लागि बोर्डको तर्फबाट वार्षिक रुपमा निश्चित बजेट विनियोजन गर्ने व्यवस्था गरियोस् । 

४. पर्यटन पत्रकारहरुलाई भईपरी आउने घटना, दुर्घटनामा सहयोग गर्ने उद्देश्यका साथ नाटोजले स्थापना गरेको पर्यटन पत्रकारिता कल्याणकारी कोषलाई बृद्धि गर्दै कम्तिमा २० लाख पु¥याउनको लागि मन्त्रालय तथा त्यसअन्तर्गतका विभागीय निकायहरु पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, विमानस्थललगायतबाट बजेट विनियोजन गर्ने व्यवस्था मिल्याइयोस् । 

५. पर्यटन पत्रकारहरुलाई प्रोत्साहन गर्दै क्षमता अभिबृद्धि गर्नका लागि सरकारकै तर्फबाट राष्ट्रियस्तरको पर्यटन पत्रकारिता पुरस्कार स्थापना गर्नुपर्ने आवश्यकता छ । र उक्त पुरस्कार वितरणको सन्दर्भमा बनाइने सिफारिस कमिटिमा नाटोजको पनि अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गरियोस् । 

६. नेपाल भ्रमण वर्ष २०२० लाई सार्थकता तुल्याउनको लागि पर्यटन पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै पर्यटन पत्रकारिताको माध्यमबाट पर्यटन प्रवद्र्धन र विकासलाई थप सशक्त तुल्याउन नाटोजमार्फत वार्षिक रुपमा प्रशिक्षणात्मक तालिम, गोष्ठी तथा अन्तक्र्रियात्मक कार्यक्रम गर्नको लागि बजेटको व्यवस्था गरियोस् ।

 

तपाईंको बिचार