Wednesday, August 21, 2019

भ्रमण वर्ष २०२० को नाममा ५ करोड रुपैयाँको खर्च प्रभावहीन

प्रकाशित मिति: 2019/08/08

साउन २३, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै जना लागि परेका छन् । यसैको लागि मात्र हालसम्म सरकारले प्रचार–प्रसारमा ५ करोड रुपैयाँ खर्च गरिसकेको छ । नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न मुलुकहरुमा प्रचार–प्रसारका कार्यक्रम आयोजना समेत गरिसकेको छ । भ्रमण वर्षको अवधिभर २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।

नेपाल भ्रमण वर्षका लागि गत आर्थिक वर्षमा १० करोड रुपैयाँ प्रचार–प्रसारमा छुट्याइएको छ । यूरोपका ठूला शहरहरु लण्डन र रोममा मात्र कार्यक्रम भएको छ । नेपालका कला कौशल, संस्कृति झल्किने सामाग्री प्रचार गरियो । यो बाहेक सरकारले खासै काम गर्न सकेको छैन । तर पनि ५ करोड रुपैयाँ सकिएको पर्यटन वर्ष २०२० सचिवालयले जनाएको छ ।

भ्रमण वर्षका लागि विभिन्न मुलुकमा रहेका राजदूत तथा गैरआवासीय नेपालीहरुलाई सक्रिय बनाइएको पर्यटन बोर्डले जनाएको छ । नेपाल भ्रमण बर्षको लागि ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानले भने सरकारसँग सहकार्य गरि योजना र कार्यक्रमलाई सहयोग गर्ने बताएको छ ।

भ्रमण वर्ष मनाउने विषयमा आफूहरुसँग सहकार्य नगरेको व्यवसायीहरुले बताएका छन् । 
सरकारले नेपाल भ्रमण बर्ष २०२० का लागि नेपाल भ्रमण बर्ष केशरमहलमा छुट्टै नेपाल भ्रमण बर्षको सचिवालय सञ्चालन गरेको छ ।

तपाईंको बिचार