Friday, October 18, 2019

नारा निर्वाचन भदौ २४ गते घोषणासँगै ४ अध्यक्षका प्रत्यासी चर्चामा

प्रकाशित मिति: 2019/08/08

साउन २३, काठमाण्डौ । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेण्ट्स(नारा)को नयाँ नेतृत्व चयनका लागि यही भदौ २४ गते साधारणसभा सहित निर्वाचन हुने भएको छ । 

२ बर्षे कार्यकाल रहने नारामा नेपालको साहसिक जलपर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नेपाल भ्रमण बर्षको पूर्वसन्ध्यामा नयाँ नेतृत्व चयनको लागि जुटेको नाराले नेपालको जल पर्यटनलाई थप परिस्कृत गर्दै लैजाने बताएको छ ।  अध्यक्षका प्रत्यासीका रुपमा बर्तमान उपाध्यक्ष कमल बहादुर ठकुरी, महासचिब शिव अधिकारी, पूर्व महासचिबद्धय गंगा नेपाल र मेघ आलेको नाम चर्चामा छ ।
 

 

तपाईंको बिचार