Wednesday, August 21, 2019

हिमालयन ग्लासियरको ब्राण्ड एम्बेसडरमा कामिरिता शेर्पा मनोनित

प्रकाशित मिति: 2019/08/08

साउन २३, काठमाण्डौ । हिमालयन ग्लासियरले कामिरिता शेर्पालाई प्रमुख एड्भेन्चर कन्सल्टेन्ट ((ब्राण्ड एम्बेसडर) मा मनोनयन गरेको छ ।

आज ठमेलस्थीत यात्री स्वीट् एण्ड स्पा होटलमा भएको कार्यक्रममा ग्लासियरका अध्यक्ष सागर पाण्डेले हिमालको किरो कामीरिता शेर्पालाई आफ्नो कम्पनी हिमालयन ग्लासिएरको ब्राण्ड एम्बेसडरमा मनोनयन गरेका हुन । शेर्पाले गत मे महीनामा मात्रै २ पटक सगरमाथाको आरोहण गरेका छन भने हालसम्म २४ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन । पर्वतिय पर्यटनमा शेर्पाले पुर्याएको योगदान र उनको क्रियाशिलता जोगाउनका लागि एम्बेसडर मनोनयन गरिएको पाण्डेले बताए । यसबाट पर्वतिय पर्यटनको थप प्रचारमा शेर्पाले महत्वपूर्ण भुमिका खेल्ने समेत उनले बताए ।

 

तपाईंको बिचार