Thursday, November 14, 2019

नेपाल पर्यटक यातायात व्यावसायी संघ र शिखर ईन्सुरेन्सबिच २४ बुँदे सहमति

प्रकाशित मिति: 2019/08/16

साउन ३१, काठमाण्डौ । नेपाल पर्यटक यातायात व्यावसायी संघ(एनटीभीए), नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल(टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा) र शिखर ईन्सुरेन्स बिच एमओयू सम्झौता भएको छ ।

गन्तव्य नेपालसँग कुरा गर्दै एनटिभिए अध्यक्ष रामशरण कार्कीले पर्यटन सम्बद्ध तिन संस्थाले प्रयोग गर्दै आएका पर्यटक सवारीसाधनको दुर्घटना हुँदा उचित क्षतिपुर्ति प्राप्त गर्नका लागि ईन्सुरेन्स गरिएको बताए । व्यावसायीहरुले ठुलो संख्यामा एकैचोटी बिमा गर्न जाने भएकाले यसले बिमा कम्पनी र व्यावसायी दुबैलाई फाईदा पुग्ने उनको भनाई छ । एनटिभिए र शिखर ईन्सुरेन्सबिच क्षति न्यूनिकरणबारे साउन २९ गते २४ बुँदे समझदारी बनेको थियो ।

तपाईंको बिचार