Saturday, September 21, 2019

मलाई गुट चलाउने रहर भएर भेला आयोजना गरेको होईन :कमल सापकोटा

प्रकाशित मिति: 2019/08/18

भदौ १, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा टान सम्बद्ध व्यावसायीहरुको दौडधुप सुरु भैसकेको छ । व्यावसायिक उमेद्धवारको चर्चा चलिरहेको भएपनि अंकगणित हाबी हुने अवस्थामा नेकपा भित्रको चुनाबी नेतृत्व कसरी अगाडि बढिरहेको छ, भनेर बुझ्ने कोशिस गरेका छौ । यहीबेला टान नेतृत्वबारे  बरिष्ठ पर्यटन व्यावसायी तथा गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपालका पूर्व अध्यक्ष कमल सापकोटाले नेकपा सम्बद्ध युवा व्यावसायीहरुलाई भेला गरे । नेकपालाई एकताबद्ध बनाउने र टानमा एक भएर अगाडि बढ्न आयोजना गरिएको भेलाको आवश्यक्ता किन भनि हामीले सोधेका थियौ ।

टान निर्वाचनका सन्दर्भमा कमल सापकोटासँगको कुराकानी ।
१. टान निर्वाचन नजिकिदै गर्दा हिजोमात्र नेकपा सम्बद्ध  तिन वटै संगठनका युवाहरुको भेला गर्नुभयो, तपाई गुटको नेता बन्ने प्रक्रियाको सुरुवात हो ?
निश्चीत रुपमा टानको चुनाब आउन लागेको छ । नेकपाभित्र बिभिन्न मतभेदहरु कायमै रहिरहेका बेला निर्वाचनमा असर पुग्ने भएकाले सबै एकैठाँउमा बस्नुपर्छ, मिलेर अगाडि बढ्नुपर्छ भन्ने भेलाको उदेश्य हो । भेला भएका युवाहरु नेकपा सम्बद्ध हुन, तिनवटै संगठन भनेर मैले बुझेको छैन, यसमा गुटबन्दी वा गुटको नेता बन्ने थालनी पनि होईन, सबैलाई मिलाएर लैजाने अर्थमा युवाहरुको भुमिका प्रभावकारी होस भन्ने मात्रै चाहेको हो ।
२. नेकपा पार्टी एकीकरण अघि पूर्व एमालेको संगठन मजबुत थियो, यसमा तपाई पूर्व माओबादी, मुलपार्टीमा संगठनका पदहरुमा बिबाद भएजस्तै कमजोर पूर्वमाओबादीहरुले कसरी पद हत्याउने भनेर षड्यन्त्रको सुरुवात भन्नेहरु पनि छन नी ?
नेकपा एकीकरण भएकै एकबर्ष भैसक्यो, यस्तो अवस्थामा हिजो हाम्रो सांगठनिक अवस्थाले खास असर राख्दैन, आज नेकपा भैसकेपछि हामी अझै बलियो भएका छौ । टानको नेतृत्वमा बिबाद हुनेछैन ।
३. तर तपाईलाई गुटको नेता बन्ने रहर त होला नी ?
बास्तबमा भन्ने हो, भने टानको निर्वाचनमा को नेतृत्व भन्ने कुरामा भेला केन्द्रित थिएन । त्यो कुरै उठेन । एउटै मात्र बिषय नेकपालाई कसरी एकताबद्ध बनाउने भन्ने मात्र हो, गुट चलाउने मेरो कुनै रहर होईन ।
४. भनेपछि उपस्थीत हरुले कमल सापकोटा प्रति के सोच्दा रहेछन भनेर नाडी छाम्न खोजेको ?
कमल सापकोटालाई हेर्ने व्यावसायीहरुको आफ्नै दृष्टीकोण छ, यसमा उनीहरुले के भन्छन भनेर मैले तौलिरहन नपर्ला ।
५. तपाईलाई चै कस्तो व्यक्ति चाहिएको हो त ?
व्यावसायिका मुद्धा उठान गर्न सक्ने, अनुभवी, सरकार  र संघसंस्थासँग समन्वय गर्न सक्ने व्यक्ति टानमा आउनुपर्छ, मेरो मात्र नभएर हामी सबै व्यावसायीको लागि यही चाहना हो ।

तपाईंको बिचार