Thursday, November 14, 2019

पर्यटकको रोजाईमा भक्तपुरको ‘द गोल्डेन आईज् रेष्टुरेन्ट एन्ड क्याफे’

प्रकाशित मिति: 2019/08/20

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकाको पर्यटकीय नगरी भक्तपुर दरबार स्क्वायर भित्र विगत दुई महिना अघि संचालनमा ल्याइएको ‘द गोल्डेन आईज् रेष्टुरेन्ट एन्ड क्याफे’ आन्तरिक एवं बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । रेष्टुरेन्टले गुणस्तरीय र स्वादिष्ट खाना प्रदान गरेकाले भक्तपुर घुम्न जाने आन्तरिक एवं बाह्य पर्यटकको रोजाईमा पर्न गएको छ । 

भक्तपुर दरबार स्क्वायर भित्र पाँचतले मन्दिरसँगै रहेको १ सय २० जना क्षमताको सो रेष्टुरेन्टमा टिपिकल नेपाली, चिनियाँ, कन्टिनेन्टल, इटालियन सहित स्थानीय खाना पाइने छ । तारे होटल सरहको गुणस्तरीय र स्वाष्टि खाना खुवाउने रेष्टुरेन्टका संचालकले बताएका छन् ।

हरेक दिन बिहान ७ बजे देखि बुलेकी ९ बजेसम्म रेष्टुरेन्ट खुल्ने छ । पर्यटकको मनोरञ्जनका लागि हरेक साँझ सांस्कृतिक कार्यक्रम समेतको व्यवस्था गरिएकोछ । भक्तपुर क्षेत्रमा गुणस्तरीय खानाको लागि पहिलो रोजाईमा पर्ने लक्ष्य सहित सेवा दिइरहेको संचालकको दाबी छ ।

नेपाल भ्रमणमा आउने पर्यटकहरु गुणस्तरीय खानाका अभावले ‘नेपाल भ्रमणको ठुलो सपना बोकेर आएका पर्यटक खानाको कारण अस्वस्थ्य भई भ्रमण छोट्याएका उदाहरण मैले धेरै देखेको छु, त्यसकारण हाम्रो उद्धेश्य नै स्वस्थ, स्वादिष्ट र गुणस्तरीय सेवा दिनु हो ।’

काठमाडौंको पर्यटकीय क्षेत्र बौद्धनाथ क्षेत्रभित्र ‘द गोल्डेन आइज रेष्टुरेन्ट एण्ड क्याफे’ विगत ८ वर्ष देखि संचालनमा रहेको छ ।

तपाईंको बिचार