Saturday, September 21, 2019

छोटो दूरीको रमाइलो ट्रेकः फिकुरी ट्रेक नुवाकोट

प्रकाशित मिति: 2019/08/20

भदौ ३, काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिद गर्दा सबैले आ–आफ्नो क्षेत्रलाई कसरी प्रमोट गर्न सकिन्छ भन्ने कुरामा लागि परेका छन् । यसैगरी एलिएन्स एड्भान्चरका संचालक ऊर्जा तामाङले पनि आफ्नो गाउँ ठाउँमा पर्यटकको संख्यालाई अझ वृद्धि गर्ने उद्देश्यले अगस्ट  १६ तारिकका दिन “फिकुरी ट्रेक नुवाकोट” सम्बन्धी छलफल कार्यक्रम आयोजना गरेका छन् । 

संचालक तामाङले फिकुरी पुग्न जम्मा २ रात र ३ दिन लाग्ने बताएका छन् । नजिकको तीर्थ हेला भनेझैं अहिलेसम्म पनि यस्तो राम्रो क्षेत्रको विकास गर्न नसक्नु आफैमा एक लज्जासपद कुरो हो । त्यसैले मैले मेरै नेतृत्वमा टुरिजम क्षेत्रका व्यवसायीहरुलाई बोलाएर कार्यक्रम गरेको हुँ । उनले बताए । 

कार्यक्रममा प्रदेश नं। ३ का सांसद बहादुर सिंह लामा, पर्यटन बोर्डका सदस्य दिपक महत, नेपाल माउन्टेनरिङ एसोसिएसनका कुल बहादुर गुरुङ, भिटोफका अध्यक्ष धु्रव सिंम्खडा, रसुवा–नुवाकोट पर्यटन समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछाने, उपाध्यक्ष अंबिर गुरुङ, टानका सदस्य रितु ग्याम्लाङको उपस्थिति रहेको थियो । 

अरु ट्रेकिङभन्दा छोटो दूरीको ट्रेकिङ करिब ३८०० उचाइमा पर्दछ । यहाँ पुगेपछि नार्गाजुन, कंकनी, गोसाइकुण्ड, गणेश लाङटाङ हिमाल देखिनुका साथै प्रकृतिको पनि भरपुर फाइदा उठाउन सकिनेछ । त्यसैगरी वाटरफल, ¥याफटिङजस्ता एडभान्चरिस खेल पनि खेल्न पाइन्छ । त्यस्तै नौघेडी ढुङ्गा, गुफा पनि यहाँ रहेका छन् । यो रसुवा र धादिङको सेन्टर प्वान्टमै परेको ठाउँ हो ।

तपाईंको बिचार