Friday, November 22, 2019

दिपक महतको नेतृत्वमा पर्यटन कांग्रेसको व्यावस्थापन तथा सहजीकरण समिति गठन

प्रकाशित मिति: 2019/08/20

भदौ ३, काठमाण्डौ । नेपाली कांग्रेस पर्यटन व्यावसायीहरुको छाता संगठन नेपाल पर्यटन व्यवासायी संघ (निट)ले आगामी टानको निर्वाचनको लागि निटका अध्यक्ष दिपक महतको अध्यक्षतामा ७ सदस्यीय चुनाबी व्यावस्थापन तथा सहजीकरण समिती गठन गरेको छ ।

सदस्यहरुमा संघका सहअध्यक्ष रामशरण थपलिया, रमेश धमला, निमा शेर्पा, छेटुप तामाङ, देबेन्द्र वाग्ले र कुल गुरुङ रहेका छन । आज निटको सचिवालय नया“बजारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । टान निर्वाचनका लागि उमेद्धवारी खडा गर्ने र अन्य अन्तरपार्टीस“ग बार्ता सम्बाद गरेर अघि बढ्ने अध्यक्ष दिपक महतले बताए ।

तपाईंको बिचार