Saturday, September 21, 2019

टान नेतृत्वका लागि बिहिबार ४ बजेसम्म उमेद्धवारी पेश गर्न निटको आह्वान

प्रकाशित मिति: 2019/08/21

भदौ ४, काठमाण्डौ । नेपाली कांग्रेस सम्बद्ध नेपाल पर्यटन व्यवासायी संघ (निट)ले आगामी टानको नेतृत्वका लागि उमेद्धवारी पेश गर्न सम्पूर्ण प्रजातान्त्रिक तथा निट सम्बद्ध व्यावसायीहरुलाई आह्वान गरेको छ ।

यसका लागि भोली बिहिबार बेलुका ४ बजेसम्म निट सचिवालय नयाँबजारमा उमेद्धवारी पेश गर्न सकिने सचिवालयले जनाएको छ । टान निर्वाचनको मिति नजिकिदै जाँदा कांग्रेस सम्बद्ध व्यावसायीहरुलाई एकढिक्का बनाई नेतृत्वमा आबेदन दिएका ईच्छुक व्यावसायीहरुका बिचबाट उपयुक्त व्यक्तिलाई टानमा साझा उमेद्धवारका रुपमा पठाईने निट अध्यक्ष दिपक महतले बताए ।
निटले हिजैमात्र अध्यक्ष दिपक महतको अध्यक्षतामा ७ सदस्यीय चुनाबी व्यावस्थापन तथा सहजीकरण समिती गठन गरेको थियो ।

तपाईंको बिचार