Saturday, September 21, 2019

टानमा साझा उमेद्धवारको खोजीका लागि नेकपा सम्बद्ध पर्यटन व्यावसायीको भेला हुँदै

प्रकाशित मिति: 2019/08/23

भदौ ६, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन नजिकिदै गर्दा नेतृत्व हत्याउने उपायको खोजी तिब्र रुपमा अघि बढेको छ । आजै मात्र दिउँसो २ बजे काठमाण्डौ गार्डेन होममा नेकपा सम्बद्ध तिनवटै पर्यटकीय संगठन र स्वतन्त्र व्यावसायीसमेतको औपचारिक भेला आयोजना गरिएको छ । जसले आगामी टान नेतृत्वबारे औपचारिक धारणा प्रश्तुत गर्नेछ । पार्टीका ईन्चार्ज मुकन्द न्यौपानेको नेतृत्वमा हुन लागेको भेलामा पार्टीका तर्फबाट साझा उमेद्धवारको खोजी कसरी हुन्छ त, बुझ्ने कोशिस गरेका छौ ।  नेकपा सम्बद्ध उद्योग तथा व्यावसायी बिशेष जिल्ला कमिटिका अध्यक्ष कमल सापकोटासँगको कुराकानी ।

१. नेकपा र स्वतन्त्र व्यावसायीको भेला भन्नुभाछ, उमेद्धवार चयन चै कसरी हुने रैछ ?
टानको निर्वाचनलाई लक्षित गरेर उमेद्धवारहरुको औपचारिक बहश सुरु गरिएको हो । नेकपाभित्र बाटै सही व्यक्ति पठाउने सन्दर्भमा छलफल हुन्छ ।
२. स्वतन्त्र व्यक्तिहरु चै तपाईहरुको भेलामा आउने अनि बस्ने कुर्सी नपाएर फर्किनुपर्ने हो ?
त्यस्तो होईन, छलफल सबैसँग हुन्छ, तर उमेद्धवार त पार्टीभित्रबाटै छनौट हुन्छ ।
३. भनेपछि तपाई सागर पाण्डेको लबिङमा लाग्नुभाछ ?
उहाँ पनि अहिले नेकपामा आईसक्नुभएको छ, छलफल हुनसक्छ । व्यक्तिगत रुपमा लागेको छैन ।
४. व्यावसायीहरुको भेला भनिएपनि राजनीतिक खेलाडीहरुको स्वरमा ताली बजाउनका लागि भिड जम्मा गर्दैहुनुहुन्छ ?
छलफल त हुन्छ नी । नेतृत्व प्राप्त गर्ने निश्चीत मापदण्ड होलान, त्यो सबैले मान्नुपर्छ ।

तपाईंको बिचार