Saturday, September 21, 2019

भरत सापकोटाद्वारा टानको सचिव पदमा उम्मेदवारी घोषणा

प्रकाशित मिति: 2019/08/24

भदौ ७, काठमाडौ । ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान) को निर्वाचन मिति जति नजिकिदैं छ, त्यति नै टानमा आवद्ध पर्यटन व्यवसायीहरु सक्रिय भएर लागि परेका छन् । निर्वाचनमा आफ्नो उम्मेदवारी दिने पर्यटन व्यवसायीहरु पनि टानको सुनिश्चित भविष्यका लागि आ–आफ्नै तरिकाले एजेन्डाहरु तयार गर्दै छन् । यसै क्षेत्रमा विगत १३ वर्षदेखि सक्रिय भएर लागेका बे्रक–फ्रि एड्भेन्चरका प्रबन्ध निर्देशक भरत सापकोटाले पनि आगामी टान निर्वाचनमा सचिव पदको उम्मेदवारी घोषणा गरेका छन् । 

गन्तव्य नेपालसँग कुराकानी गर्दै उनले टानमा अरुले भन्दा फरक एजेन्डा लिएर जाने जानकारी दिए । उनले भने, जमाना कम्प्युटर र प्रविधिको छ । समय सापेक्ष हामी पनि प्रविधि मैत्री हुन आवश्यक छ । तर टानले त्यसलाई हालसम्म प्रविधि मैत्री गर्न सकेको छैन । यसैलाई मध्यनजर गर्दै टानको आफ्नै सफ्टवेर विकास गरि  सम्पूर्ण ट्रेकिङ्ग व्यवसायीहरुलाई उक्त सफ्टवेरमा व्यवस्थित ढंगले लिस्टिङ्ग गर्ने योजना रहेको छ । आजको दिनमा पनि पर्यटन मजदुरहरुको रेस्क्युलाई ढिलासुस्ता गरिन्छ । हाम्रा प्राथमिकतामा विदेशि पर्यटक मात्र पर्ने गर्दछन ।  हाम्रा मजदुरहरुलाई समयमै रेस्क्यु गर्न नसक्दा दुर्घटना समेत निम्ताएको छ । त्यसैले विदेशि पर्यटक संगसंगै पर्यटन मजदुरहरुको रेस्क्युलाई पनि प्राथमिकतामा राख्ने मेरो एजेन्डा रहेको छ । विशेष गरेर सचिवको जिम्मेवारी सचिवालयलाई चुस्त दुरुस्त राख्ने भएकाले २१ औं शताव्दिको प्रविधिलाई सहि ढंगवाट प्रयोग गरि सचिवालयलाई व्यवस्थीत गर्नु नै मेरो प्रमुख उदेश्य रहेको छ । 

 

तपाईंको बिचार