Monday, November 18, 2019

गुरुङ पर्यटनमा अम्बिर गुरुङ निर्बिरोध निर्वाचित

प्रकाशित मिति: 2019/08/25

भदौ ८, काठमाण्डौ । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन)को अध्यक्षमा अम्बिर गुरुङ निर्बिरोध निर्वाचित भएका छन ।

दोस्रो अधिवेशन तथा सातौं वार्षिक साधारण सभाबाट चुनिएका नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ईश्वर गुरुङ, द्धितीय उपाध्यक्षमा पिताम्वर गुरुङ, महासचिवमा किशन गुरुङ, सचिवमा बाबुराम गुरुङ, कोषाध्यक्षमा बिन्दु गुरुङ र सहकोषाध्यक्षमा जय गुरुङ निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा महाविर गुरुङ, अबिनाश गुरुङ, अम्बिर गुरुङ (ईलाम), दिल गुरुङ, धन बहादुर गुरुङ, रेणुका गुरुङ र दिलु गुरुङ रहनुभएको छ । त्यस्तै जीटीन पोखराबाट एक जना र कार्यसमितिले १ जना गरी २ जना पछि मनोनित गरिने छ । सोही सगरमाथा आरोहीहरु सुमन गुरुङ, पूरबहादुर गुरुङ, इमान गुरुङ, अनुप गुरुङ, विशबहादुर गुरुङ, प्रकाश गुरुङ, विरबहादुर गुरुङविष्णु गुरुङ, छिमी लेन्दुक गुरुङ, आशिस गुरुङ, रमेश गुरुङ, कर्मा टासी गुरुङलाई पनि सम्मानित गरिएको छ ।

तपाईंको बिचार