Monday, November 18, 2019

समाजबादी सम्बद्ध व्यावसायीका तर्फबाट शेर्पा र देबकोटाको नाम औपचारिक घोषणा

प्रकाशित मिति: 2019/08/25

भदौ ८, काठमाण्डौ । समाजबादी पार्टी सम्बद्ध पर्यटन व्यावसायीहरुको छाता संगठन नेपाल पर्यटन परिषद्ले टान निर्वाचनका लागि अध्यक्षमा कामीरेन्जी शेर्पा र महासचिबमा चेवन देबकोटालाई अघि सारेको छ । 

गन्तव्य नेपालसँग कुराकानी गर्दै परिषद्का संयोजक गोपालबाबु श्रेष्ठले टान निर्वाचनको मिति नजिकै रहेको अवस्थामा व्यावसायीहरुमाझ आफ्नो पक्षमा बातावरण निर्माण गर्नका लागि शेर्पा र देबकोटाको नाम सार्बजनिक गरिएको बताए ।
श्रेष्ठले पदमार्ग पर्यटनको बिकास र व्यावसायीको हकहितको रक्षा गर्न आफुहरु बिगतदेखी नै निरन्तर लागिपरेको भन्दै पर्यटनमा ३ दशक बिताएका कामीरेञ्जीको नेतृत्वमा टानले गति लिने बताए । उनले एजेण्डा मिल्ने अन्य पार्टी तथा समुहसँग समेत सहकार्य गर्न सकिने बताउँदै सम्पूर्ण व्यावसायीलाई गोलबद्ध गरेर अघि बढ्ने बताए ।

तपाईंको बिचार